१५ आश्विन २०८०, सोमबार

युनेस्को बाँकेद्धारा विपन्न र एकल महिलाकालागि तीनमहिने सिलाई कटाई तालिम शुरु

युनेस्को बाँकेद्धारा विपन्न र एकल महिलाकालागि तीनमहिने सिलाई कटाई तालिम शुरु

समाचारदाता
नेपालगन्ज, १ भदौ । बाँके युनेस्को क्लबद्धारा नेपालगन्जमा विपन्न, एकल र असहाय महिलाहरुकालागि तीनमहिने सिलाई कटाई तालिम सञ्चालन गरिएको छ ।
कतार च्यारिटीको साझेदारीमा बाँके युनेस्को क्लबले शुक्रवारदेखी सो तालिम यहाँ सञ्चालन गरेको हो ।
लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र युनेस्को बाँकेका अध्यक्ष रबि तुलाधरले संयुक्त रुपमा सो तालिमको उदघाटन एक समारोहका विच गर्नुभयो ।
सो अवसरमा बोल्दै प्रदेशसभा सदस्य केसीले यस्तो सिपमुलक तालिमबाट विपन्न, एकल र असहाय महिलाहरुलाई जिवीकोपार्जन गर्न सहज हुने बिश्वास ब्यक्त गर्नुभयो ।
उहाँले यस्ता तालिमहरु सहभागीहरुको बाच्ने आधार समेत हुन सक्ने भन्दै यसको सदुपयोग गर्न सहभागी महिलाहरुलाई आग्रह गर्नुभयो । त्यस्तै स्थानियस्तरमा समुदायकालागि विभिन्न कामहरु गरेकोमा केसीले बाँके युनेस्कोको प्रशंसा पनि गर्नुभयो ।

तीन महिनासम्म संचालन हुने सो तालिममा अति बिपन्न, असहाय र एकल महिला गरि २३ जना महिलाको सहभागिता रहेको युनेस्को बाँकेका अध्यक्ष रवि तुलाधरले जानकारी दिनुभयो । प्रशिक्षार्थीहरुलाई प्रशिक्षक आमना हल्वाईले प्रशिक्षण दिने युनेस्कोले जनाएको छ ।
युनेस्कोका प्रमुख संरक्षक प्रबेज अलि सिद्दिकीले आगामी दिनमा पनि क्लबले समुदायकालागि विभिन्न परियोजनाहरु संचालन गर्ने आश्वासन दिनुभयो । यसको लागि प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने जनाउँदै सो का लागि उहांले अनुरोध गर्नुभयो ।
एकीकृत बिकास कार्यक्रम, जीविकोपार्जन सहयोग परियोजना अन्तरगत तालिम संचालन गरिएको कार्यक्रम संयोजक बिनिता आर.सी.ले बताउनुभयो ।
क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले स्वागत गर्नु भएको कार्यक्रममा बागेश्वरी बहुद्देशीय कृषि बजार सहकारी संस्थाका अध्यक्ष कमला न्यौपाने, खजुरा गाउँपालिका खेलकुद समितीका सचिव छवि बिष्ट, क्लबका सल्लाहकार सिराज खान, नरेन्द्र थापा र कार्यक्रम अधिकृत गुलाम गौस, नदिम शाहलगायतको सहभागिता रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 5453

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *