७ बैशाख २०८१, शुक्रबार

युवा महिलाको आर्थिक विकासकालागि ठाकुरबाबामा अभिभावकसंग संवाद कार्यक्रम

युवा महिलाको आर्थिक विकासकालागि ठाकुरबाबामा अभिभावकसंग संवाद कार्यक्रम

समाचारदाता
नेपालगञ्ज, जेठ ५ । बाँके युनेस्को क्लबले बर्दिया ठाकुरबाबाका युवा महिलालाई रोजगारी र व्यवसायमा लगाउन अभिभावकलाई सहयोगी र सकारात्मक बनाउने उदेशयले संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाका युवा महिलालाई रोजगारी र व्यवसायमा लाग्न घर परिवारबाट सहयोग र समर्थनका लागि संवाद कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवादको आयोजना गरिएको हो ।
उक्त संवादपछि युवा महिलालाई रोजगारी गर्न सहज हुने र अभिभावकबाट सकारात्मक सहयोगको प्रतिवद्धता गरिएकोले उनिहरु आत्मनिर्भर बन्ने पर्ल परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
सो संवाद कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका शिक्षा शाखा प्रमुख सिता आचार्यले शिक्षा र सिपले मात्रै महिलालाई आर्थिक रुपमा शसक्त बनाउने तथा आत्मनिर्भरता ल्याउने बताउनुभयो ।

उहाँले विभिन्न सिप सिकेर रोजगारी गर्न चाहनेलाई अभिभावकले सहयोग र समर्थन गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाका योजना प्रमुख अनन्तराज सुवेदीले युवा महिलाको आर्थिक शसक्तिकरण र जिविकोपार्जनलाई पालिकाले विशेष प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याउने बताउनुभयो ।
संवाद कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख गोगनसरा आचार्य र सुचना अधिकृत मन्दिप मल्ल समेतको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा उक्त नगरपालिकाका ३५ जना अभिभावक, ३५ जना युवा महिला र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संवादको सहजिकरण निरज न्यौपानेले गर्नु भएको थियो ।
कार्यक्रममा सहभागि युवा महिला सुभम चौधरीले संवादमा अभिभावकले गर्नु भएको प्रतिवद्धतापछि रोजगारी र व्यवसायमा लाग्न निकै सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *