१६ चैत्र २०८०, शुक्रबार

र्सावजनिक यातायातमा बाँकेका विद्यार्थि र जेष्ठ नागरिकले पनि भाडामा छुट पाउने सहमति

र्सावजनिक यातायातमा बाँकेका विद्यार्थि र जेष्ठ नागरिकले पनि भाडामा छुट पाउने सहमति

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २५ । नेपाल सरकार, यातायात व्यवस्थाविभागले विद्यार्थि, जेष्ठ नागरिक र अपांगता भएका नागरिकलाई यातायातमा ४५ प्रतिशत भन्दा बढी भाडामा छुट दिने भनि गरेको निर्णयलाई बाँकेमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको छ । सो निर्णय कार्यान्वयनका लागि नेकपा विप्लव निकट अखिल क्रान्तिकारी तथा जसपा निकट समाजवादी विद्यार्थी युनियन बाँकेले गत केही महिनादेखि आन्दोलन गर्दै आएको थियो ।
सोही आन्दोलनको फलस्वरुप आइतवार बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकमा भाडामा छुट दिने निर्णय कार्यान्वयन गर्ने सहमति भएको समाजवादी बिद्यार्थी यूनियन बाँकेका सह संयोजक इमरान जरगरले बताउनुभयो ।
उहाँले बैठकले यातायात क्षेत्रमा पाउनुपर्ने विद्यार्थीलाई ४५ प्रतिशत र जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकका लागि ५० प्रतिशत छुट कार्यान्वयन गर्ने निर्णय भएको बताउनुभयो । सो निर्णय कार्यान्वयन भए नभएको जानकारी लिन निरन्तर अनुगमन गर्ने निर्णय पनि गरिएको छ ।
सो बैठकमा बाँकेका विभिन्न यातायात व्यवसायी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, राष्टिय अनुसन्धानका प्रमुख, वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख, यातायात व्यवस्था कार्यालय बाँकेका प्रमुख, विद्यार्थि संगठनका नेताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *