१६ चैत्र २०८०, शुक्रबार

विद्युत प्राधिकरण कोहलपुरद्धारा अनलाइन महसुल तिर्न उपभोक्तालाई आग्रह

विद्युत प्राधिकरण कोहलपुरद्धारा अनलाइन महसुल तिर्न उपभोक्तालाई आग्रह

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २१ । नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले आफ्ना उपभोक्ताहरुलाई अनलाइन माध्यमबाट महसुल बुझाएर विभिन्न झन्झटबाट जोगिन आग्रह गरेको छ । त्यसका लागि केन्द्रले उपभोक्तालाई सुचनामुलक पम्पलेट वितरण गरिरहेको छ ।
अनलाइन सुविधा हुँदा पनि घन्टौं लाइनमा बसेर भुक्तानी गर्न आउने विद्युत उपभोक्ताहरूलाई अनलाइन विद्युत भुक्तानी लगायतका विषयमा थप चेतना फैलाउन कोहलपुर वितरण केन्द्रले सुचनामुलक पम्पलेट वितरण गरिरहेको केन्द्रका प्रमुुख सुरज रेग्मीले बताउनुभयो ।
कतिपय सेवाग्राही जानकार भएर पनि अनलाइन भुक्तानी गर्न अलमल हुने, प्रक्रियाबारे स्पष्ट हुन नसकेर घन्टौंसम्म लाइनमा कुरेर महसुल भुक्तानी गर्ने हुँदा त्यस्ता सेवाग्राहीलाई थप स्पष्ट पार्न दक्ष जनशक्तिबाट अन्य अत्यावश्यक विभिन्न सुचना समेटिएको पम्पलेट प्रचारप्रसारका लागि बाड्न थालिएको केन्द्र प्रमुख रेग्मीले बताउनुभयो ।

वितरण गरिएको पम्पलेटमा अनलाइन भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने गरि विभिन्न प्रक्रिया जानकारीहरु, अधिकतम् विद्युतीय उपकरणको प्रयोगको फाइदा, महसुल किफायत तथा विद्युतीय समस्या आइपरे नजिकको फ्युज सेवामा जुनसुकै बेला सुचना दिन सकिने जनाईएको छ ।
“अहिले पनि सहि जानकारीको अभावमा कतिपय सेवाग्राहीले अनाहकको समस्या झेलीरहेको पायौँ, त्यसैले केहि हदसम्म भएपनि समाधानको अपेक्षा लिएर यो पनि तरिका अपनाएका हौँ”( केन्द्र प्रमुख रेग्मीले भन्नुभयो । कोहलपुर वितरण केन्द्र अन्तर्गत हाल ४० हजार विद्युत उपभोक्ता रहेको बताइएको छ । दैनिक ५ सय जनाले मात्र अनलाइन भुक्तानी गरिरहेको र बाँकीले कार्यालयमै आएर बुझाउने गरेको वितरण केन्द्रले जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *