७ बैशाख २०८१, शुक्रबार

विप्लव माओवादीको युवा संगठनद्धारा लाखौंको अवैध गिट्टी, बालुवा र ढुंगा कब्जा

विप्लव माओवादीको युवा संगठनद्धारा लाखौंको अवैध गिट्टी, बालुवा र ढुंगा कब्जा

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २२ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको युवा संगठन नेपालले बाँकेमा अवैध रुपमा उत्खनन गरी भण्डारण गरिएका गिट्टी, बालुवा र ढुंगालाई कब्जा गरेको घोषणा गरेको छ ।
जिल्लाको राप्तीसोनारी गाउँपालिकास्थित विभिन्न ३ स्थानमा डम्पिङ गरिएको उक्त सामाग्रीलाई विप्लव समुहको युवा संगठन नेपालले कब्जा गरेको हो । राप्तीसोनारी गाउँपालिका वडा नम्वर २ को टीकुलीपुर र वडा नम्बर ६ फत्तेपुरस्थित खल्लाटेपरी, ढलैयामा डम्पिङ गरेर राखिएको करोडौं मुल्यको नदीजन्य सामाग्री सो संगठनले कब्जा गरेको जनाएको छ ।
अवैध रुपमा गिट्ट, बालुवा संकलन गरेर सामुदायिक वन क्षेत्रमा लुकाइ राखिएको अवस्थामा कब्जा गरिएको विप्लव निकट युवा संगठन नेपाल बाँकेले जनाएको छ । चोरी तस्करी गरेर राखिएका गिट्टी र बालुवा जनताको सम्पत्तिका रुपमा राज्यले लिनुपर्ने उक्त संगठनले जनाएको छ ।
विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य डिबी शाहीले कब्जा गरिएको गिट्टी, बालुवा जनताको नहुँदासम्म पार्टीको मातहतमा रहने बताउनु भएको छ । उहाँले ‘जनताको सम्पत्ति भयो भने मात्र सो नदीजन्य सामाग्री राज्यलाई फिर्ता गरिने बताउनुभयो ।
लामो समयदेखि बाँकेका विभिन्न खोलाबाट अवैध रुपमा करोडौ करोडको नदीजन्य पदार्थ निकालेर विक्रि गर्ने गरिएको छ । कुनै पनि सरकारी निकायले सो चोरी निकासी रोक्न नसकेपछि विप्लव नेकपाले कब्जा गरेको सो पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *