७ बैशाख २०८१, शुक्रबार

शसस्त्र प्रहरीको सक्रियताले तस्करमा खैलाबैला, १३ गोलिया सिसमसहित दुई ट्याक्टर नियन्त्रणमा

शसस्त्र प्रहरीको सक्रियताले तस्करमा खैलाबैला, १३ गोलिया सिसमसहित दुई ट्याक्टर नियन्त्रणमा

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ३ पुस । अवैध सामान ओसारपसार र चोरी तस्करी विरुद्ध सक्रिय रहेको सशस्त्र प्रहरीको टोलीले बाँकेको डुडुवाबाट ठुलो परिमाणमा अवैध सिसमको काठसहित दुई वटा टयाक्टर बरामद गर्न सफल भएको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले दिनु भएको जानकारी अनुसार सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर थारुको कमान्डमा खटिएको टोलीले डुडुवा गाउँपालिका ५ खजुरा गाउँस्थित गोकुल सामुदायिक बनमा दुई वटा टयाक्टरमा लोड गरिरहेको अवस्थामा १३ गोलिया जंगली सिसमसहित टयाक्टर बरामद गरिएको हो ।

गोकुल सामुदायिक बनमा अवैधरुपमा सिसमको काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक थारुको कमान्डमा गएको टोलीले शनिवार बिहान ३ बजे अवैधरुपमा तस्करीको लागि लोड गरिरेहेको अवस्थामा ११८.१४ क्युफिट सिसमको काठसहित दुई वटा टयाक्टर बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बमले बताउनुभयो । काठ लोड गर्दै गरेका टयाक्टर चालक तथा कामदारहरु भने सशस्त्र प्रहरीलाई देख्नासाथ फरार भएको उहाँले जनाउनुभयो ।
बरामद गरिएका सबै सिसमका काठहरु र तस्करीमा प्रयोग भएका टयाक्टरहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन बन कार्यालय बाँकेमा शनिवारनै बुझाइएको छ ।  सशस्त्र प्रहरी उपरीक्षक बमका अनुसार बरामद गरिएकको ११८.१४ क्युफिट सिसमको मूल्य ५ लाख ३१ हजार ६३० रुपैयाँ र ८ लाख रुपैयाँ बराबरका दुई वटा टयाक्टर गरी १३ लाख ३१ हजार ६३० रुपैयाँ रहेको छ ।
सशस्त्र प्रहरीले आफ्नो सक्रियता बढाउँदै लगेपछि हाल आएर दैनिकजसो तस्करीका सामानहरु बरामद गर्दै आएको छ । प्रहरीको सक्रियताका कारण बाँकेका तस्करहरुले मनपरी तरिकाले तस्करी गर्न सकिरहेका छैनन् ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *