१५ चैत्र २०८०, बिहीबार

शसस्त्र प्रहरीद्धारा चार लाख रुपियाँको अवैध कपडा सीमा नाकाबाट बरामद

शसस्त्र प्रहरीद्धारा चार लाख रुपियाँको अवैध कपडा सीमा नाकाबाट बरामद

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २४ । सशस्त्र प्रहरीको जमुनाह बिओपीले नेपालगन्जको सिमा नाकाबाट चार लाख रुपैयाँ भन्दा बढीको भारतबाट भित्र्याईएको अवैध सामाग्री बरामद गरेको छ ।
सशस्त्र प्रहरीको जमुनाहा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमान्डमा गएको टोलीले नेपालगन्ज १५ जमुनाह गाउँबाट मंगलवार दिउँसो साढे २ बजे तस्करी गरेर नेपालगन्ज ल्याउँदै गरिएको ४ लाख रुपैयाँ बढीको अवैध लत्ताकपडा बरामद गरेको हो ।
बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक बुढाको कमान्डमा गएको टोलीले जमुनाह गाउँ हुँदै नेपालगन्ज भित्र्याउन लागिएको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।
बरामद गरिएका सबै सामाग्रीलाई आवश्यक कारबाहीका लागि मंगलवारनै नेपालगन्ज भन्सारमाम बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *