७ बैशाख २०८१, शुक्रबार

सामुदायिक वनको १५ लाख रुपियाँ पदाधिकारीद्धारानै हिनामिना

सामुदायिक वनको १५ लाख रुपियाँ पदाधिकारीद्धारानै हिनामिना

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २९ मंसिर । बाँकेको रााप्तीसोनारी गाँउपालिका वडा नम्वर ४ माहुको श्री रामजानकी सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीले मिलेर १५ लाख रुपियाँ हिनामिना गरेको आरोप सोही समुहका उपभाक्ताले लगाएका छन् ।
सिक्टाको नहर निमार्ण गर्ने क्रममा सामुदायिक वनको रुखहरु काटेर विक्रि गर्दा भएको २७ लाख आम्दानी मध्ये १२ लाखमा कार्यालय भवन निर्माण गरेको देखाइए पनि अरु १५ लाख हिनामिना गरिएको पाईएको उपभोक्ताको भनाई छ ।
उपभोक्ता समुहकी अध्यक्ष कृष्णि चौधरी, सचिव बासुु चौधरी र कोषध्यक्ष सरिता चोधरीको मिलोमतोमा सो हिनामिना भएको तिनै जनाले स्विकार गरेको जनाईएको छ ।
रुखबाट प्राप्त रकम सामुदायिक वनको सिभिल बैंकको खातामा जम्म गरिएको थियो । जस मध्य १२ लाख भवन निर्माण र बाँकी रकम अध्यक्ष, कोषध्यक्ष र सचिवले हिनामिना गरेको उपभोक्ता डिल्ली चौधरीले बताउनुभयो ।
चौधरीका अनुसार आफनो घरमा काम परेको बेला घरखर्च चलाउनका लागि सामुदायिक वनका अध्यक्षले समुहको केही रकम लिएको स्विकार समेत गरेकी छन् ।
समुहकी कोषध्यक्ष सरिता चौधरीले पनि सबैले लिएको बेला आफुपनि केही रकम लिएको स्विकार गरेका छिन । तर बाँकी रकम कसरी खाताबाट निस्कियो थाहा नभएको चौधरीले बताउनुभएको छ । बैंकको चेक बुक र समुहको छाप सचिव बासु चौधरीले नै प्रयोग गर्दै आइरहेको जनाईएको छ। तर सचिवले सबैले लिएको कुरा सुनेपछि आफुले पनि समुहको रकम लिएको बताएको उपभोक्ताले जनाएका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *