८ बैशाख २०८१, शनिबार

सामुदायीक वनका पदाधिकारीनै काठ तस्करीमा, दुई जना अवैध काठसहित पक्राउ

सामुदायीक वनका पदाधिकारीनै काठ तस्करीमा, दुई जना अवैध काठसहित पक्राउ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ४ । वन संरक्षणका लागि गठन गरिएको बाँकेको एक सामुदायीक वनका पदाधिकारीनै अवैध रुख कटान र तस्करीमा सक्रिय रहेको खुलासा भएको छ । सो सामुदायीक वनका दुई जना पदाधिकारीलाई काठ कटान गरिरहेकै अवस्थामा अवैध काठसहित पक्राउ गरेपछि सो खुलासा भएको हो ।
डुडुवा गाउँपालिका वडा नम्बर ४ र ५ मा रहेको बभनपुरवा सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष बिट्टी कुर्मीका छोरा दिनेश कुमार कुर्मी र समितिका सचिव सलामुद्दीन साईलाई अवैध रुख काट्दै गर्दा पक्राउ गरिएको छ ।
सामुदायीक वनमा रुख काटीरहेको बेला इलाका डिभिजन बन कार्यालय राँझाले उनिहरुलाई पक्राउ गरेको हो । सो अवसरमा त्यहाँ समितिका धेरैजना पदाधिकारी रहेपनि बाँकी भागेकोले पक्राउ नपरेको स्थानीयले जनाएका छन् । अरु भागेपछि दुई जना मात्र पक्राउ परेको उनिहरुले बताएका छन् ।

डिभिजन वन कार्यालय बाँकेका निमित्त प्रमुख सहायक वन अधिकृत प्रभात दाहालले दुई जना अवैध काठ काट्दै गर्दा पक्राउ परेको स्विकार गर्नु भएको छ । उहाँले समितिका अध्यक्षका छोरा र सचिव पक्राउ परेको बताउनुभयो ।
उहाँका अनुसार काट्न अनुमति दिएको रुख बाहेकका अन्य रुखहरु समेत कटान गरिरहेको सुचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको हो । ती दुबै जनाका साथबाट सालको १२० क्यूफिट काठसहित ट्याक्टरलाई पनि नियन्त्रणमा लिईएको छ । म्याद थप गरेर कारवाही प्रक्रिया अगाडी बढाईएको पनि अधिकृत दाहालले बताउनु भयो ।
स्थानीयले सो भन्दा बढी काठ कटान गरेको जनाउँदै अरु काठको अनुसन्धान हुनुपर्ने माग गरेका छन् । अन्य काठ लुकाईएको पनि स्थानीयले बताएका छन् । पक्राउ परेकाहरुलाई राजनितिक दवाव दिएर छुटाउने प्रयास भैरहेको समेत उनिहरुको भनाई छ । पछिल्लो समयमा बाँकेमा अवैध काठ कटान र काठ तस्करी बढेको पाईएको प्रहरीले जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *