८ बैशाख २०८१, शनिबार

अत्याधिक गर्मीमा विद्युतको चरम समस्या, बाँके काँग्रेसले प्रजिअलाई बुझायो ज्ञापन

अत्याधिक गर्मीमा विद्युतको चरम समस्या, बाँके काँग्रेसले प्रजिअलाई बुझायो ज्ञापन

सिराज खान
नेपालगञ्ज, असार १ । अत्याधिक गर्मी र लु त्यसमाथि अनियमित विद्युत । केही दिन यता बाँकेवासीको जिवन अतिनै कष्टकर छ । जिल्लाका अधिकांश वासिन्दाले विद्युत समस्या समाधान गर्न सम्बन्धित निकायमा हारगुहार गरिरहेका छन् ।
तर, उनिहरुको हारगुहार कसैले सुनेको देखिएको छैन । स्थानीय कर्मचारीलाई गुनासो गरेर थाकेपछि सर्वसाधारणले कुलमान घिसिंग समेतलाई गुहारेका छन् । घिसिंगले पनि आश्वासन बाहेक अहिलेसम्म यहाँका लागि केही गरेको देखिएको छैन ।
यसैविच सो समस्या समाधान नभएपछि राजनितिक दलहरु जनताको पक्षमा सक्रिय हुन थालेका छन् । सत्तारुढ दल नेपाली काँग्रेस बाँके सो का लागि अगाडी आएको छ ।
प्रचण्ड गर्मी र लु का विच विगत केही समयदेखी चर्किंदै गएको बिद्युत आपुर्तिको समस्या तत्काल समाधान गराउन माग गर्दै नेपाली काँग्रेस बाँकेले बुधबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी र बाँके जिल्ला सभापति नारायणप्रसाद गौडेलले संयुक्त रुपमा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीलाई ज्ञापन पत्र बुझाउँदै विद्युत समस्या विकराल भएकोले समाधान गराउन माग गर्नुभएको छ ।
बिद्युत आपुर्तिको समस्यालाई नजरअन्दाज गर्दै नागरिक अधिकार नै कुण्ठित गर्ने गरी सरोकारवाला निकायबाट भइरहेको गैरजिम्मेवारपूर्ण ब्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको काँंग्रेस बाँकेका सभापति गौडेलले बताउनुभयो । उहाँले यथाशिघ्र नियमित बिद्युत आपुर्तिको ब्यवस्था मिलाई नागरिक अधिकारको रक्षा गर्न ज्ञापन पत्रमा जोडदार माग गरिएको पनि जनाउनुभयो ।


प्रमुख जिल्ला अधिकारीलाई बुझाईएको उक्त ज्ञापन पत्रमा नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रलाई बोधार्थ दिइएको छ । ज्ञापन पत्र बुझिसकेपछि प्रजिअ खत्रीले नेपालगञ्जको बिद्युत समस्याका विषयमा आफुले बिद्युत प्राधिकरणका जिम्मेवार अधिकारीसँग समन्वय गर्ने काम निरन्तर गरिरहेको र पुनः गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सो बारेमा केन्द्रमा पनि आफुले पटक पटक कुरा पुरयाएकोले केही दिनमा समाधान हुने जानकारी आएको उहाँले बताउनुभयो ।
ज्ञापन पत्र बुझाउन पार्टीका केन्द्रीय सदस्य बाल्मिकी, जिल्ला सभापति गौडेल, उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधान्सु कोइराला, क्षेत्रीय सभापतिद्धय पोषण केसी र रमेश गुप्ता, जिल्ला सहसचिव रेणुसिंह ठाकुर, सदस्य अमृतकुमार आचार्य, काँग्रेस नेता निजामुद्धिन अन्सारी, नेतृ रत्ना राणा, काँग्रेस बाँकेका कार्यालय प्रमुख उमेश शर्मा लगायत जिल्ला प्रशासन पुग्नु भएको थियो ।
यसैविच सोही विषयलाई लिएर नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्टले राजधानी काठमाण्डौ पुगेर विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिंगसंग भेट र छलफल गर्नु भएको छ ।
मेयर विष्टले नेपालगञ्जको विद्युत समस्याका बारेमा विस्तृत रुपमा महानिर्देशक घिसिंगलाई जानकारी गराएको र उहाँले सो बारेमा आफुले गम्भीरतापुर्वक मातहतलाई निर्देशन दिईसकेको जानकारी गराउनु भएको जनाएको बताउनुभयो ।
अत्याधिक गर्मी र लु को समयमा विद्युत आपुर्तिमा पटक पटक समस्या हुन थालेपछि गर्मीले बाँकेवासी अत्याधिक सास्ती भोग्न बाध्य छन् भने सोही कारणले उद्योग कलकारखाना पनि ठप्प भएका छन् ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *