११ बैशाख २०८१, मंगलवार

उद्योगी व्यवसायीद्धारा आर्थिक अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण

उद्योगी व्यवसायीद्धारा आर्थिक अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण

नेपालगञ्ज उद्योग वाणिज्य संघको ३१ औं साधारणसभामा चिन्ता व्यक्त
सिराज खान
नेपालगञ्ज, फागुन १३ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक अवस्था जर्जर बन्दै गएकोले सो मा तत्काल सुधारका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको ३१ औं साधारणसभाको शनिवार नेपालगञ्जमा उदघाटन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले बैंकको व्याज, लगानीको अवस्था र खस्कदैं गएको व्यापार व्यवसायका कारण निजि क्षेत्र धराशायी बनेको बताउनुभयो । उहाँले आर्थिक क्षेत्रमा यति ठुलो संकट आइसक्दा पनि सरकारले त्यसको सामाधानका लागि कुनै ठोस योजना र कार्यक्रम अगाडी सार्न नसकेकोले आउने दिन अझै कष्टकर हुनसक्ने चेतावनी पनि दिनुभयो ।
देशको आर्थिक अवस्थाका बारेमा पटक पटक सरकारको ध्यानाकर्षण गराईएपनि ठोस कदम नचालिएको गुनासो गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले देशभरिबाटै उद्योगी व्यवसायीले दिनदिनै आफ्नो पिडा र दुख शेयर गर्ने गरेको बताउनुभयो । यति धेरै प्रतिकुल अवस्थामा पनि देशका उद्योगी व्यवसायीले निरन्तर उद्योग व्यवसाय सञ्चालन गर्दै आएकोमा उहाँले सो कार्यको सराहना गर्नुभयो ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरु दुर्गा प्रसाद चौधरी र भण्डारी लाल यादवले प्रदेश सरकारले निजि क्षेत्रको समस्या समाधान गरेर आर्थिक अवस्था सुदृढ गर्ने योजना बनाईरहेको बताउनुभयो । उहाँहरुले आर्थिक विकासका लागि उद्योग, कलकारखाना र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउनुको विकल्प नरहेको पनि प्रष्ट पार्नुभयो ।


सो अवसरमा बोल्दै नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले सीमावर्ति क्षेत्रको उद्योग व्यवसाय तस्करी र अवैध आयातका कारण धरासायी भएको बताउनुभयो ।
उहाँले सरकारी निकायले नाकाहरुमा कडाई नगर्दा देनिक ५ देखि १० करोडको तस्करी भैहरेकोले स्थानीय उत्पादन र व्यापारले बजार नपाएको गुनासो गर्नुभयो ।
नाकामा कडाई नगरिएमा एक एक गरेर उद्योगी व्यवसायी पलायन हुँदै जाने र यो क्षेत्र ठुलो आर्थिक संकटमा फस्ने उहाँले बताउनुभयो ।
सो अवसरमा आफ्नो धारणा राख्ने नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कन्हैयालाल टण्डन, कृष्ण प्रसाद श्रेष्ठ, संघका महासचिव चिरन्जीवि ओली लगायत अधिकांश उद्योगी व्यापारीका अगुवाहरुले बैंक र सरकारी नितीकै कारण आर्थिक अवस्था जर्जर हुँदै गएकोले निजि क्षेत्रको सुझाव अनुसार तत्काल सुधारका कामहरु शुरु गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
सो अवसरमा गंगा रोजिन टरपेनटाइनलाई उत्कृष्ठ निर्यातकर्ता, बाहुबली ग्लोबल हर्बललाई तेस्रो देशमा सबैभन्दा बढी निर्यात गर्ने उद्योग, निरु चौधरीलाई उत्कृष्ठ महिला उद्यमी, टण्डन प्लाष्टिक उद्योगलाई उत्कृष्ट उद्योग, संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य, पहिलो फर्म नविकरण गर्ने गौतम इलेक्टोनिक्स, उत्कृष्ठ कर्मचारी ओमप्रकाश विश्वकर्र्मा र उत्कृष्ट आर्थिक पत्रकारका रुपमा गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खान तथा जी नेपाल टीभिलाई सम्मान गरिएको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *