१६ चैत्र २०८०, शुक्रबार

उद्योग वाणिज्य संघका प्रवक्ता धामीलाई रिहा नगरे कडा आन्दोलन गर्ने व्यवसायीको चेतावनी

उद्योग वाणिज्य संघका प्रवक्ता धामीलाई रिहा नगरे कडा आन्दोलन गर्ने व्यवसायीको चेतावनी

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ २ । नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रवक्ता तथा व्यवसायीअगुवा टंक बहादुर धामीलाई पक्राउ गरिएकोमा जिल्लाका सम्पुर्ण उद्योगी व्यवसायीहरुले घोर भत्र्सना गर्दै तत्काल रिहा गर्न माग गरेका छन् । धामीलाई विना शर्त तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत व्यवसायीहरुले दिएका छन् ।
उद्योग व्यवसायी संघ बाँकेले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै धामीको पक्राउ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं २ घरबारी टोलका व्यवसायीहरुलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरबाट खटी आएको बाबुराम पन्थी नेतृत्वको टोलीले सुनियोजित तरिकाबाट पसल भित्र पसी व्यवसायीलाई कुनै जानकारी नदिइ एक्कासि जवरजस्ती छापा मारी ब्यापारीहरुलाई आतंकित गर्ने गरेको सो कार्यमा व्यवसायीलाई सहजीकरण गर्न पुग्नु भएका उद्योग व्यवसायी संघका केन्द्रिय प्रतिनिधि टंक बहादुर धामीलाई विभिन्न आरोप लगाएर पक्राउ गराइएकोमा विज्ञप्तीमा कडा विरोध गरिएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष तेज प्रसाद रेग्मीले निर्दोष टंक धामीलाई तत्काल रिहा गर्न माग गर्नु भएको छ । अध्यक्ष रेग्मी र महासचिव दशरथ चन्द द्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा राज्स्वका कर्मचारीले लामो समयदेखि बाँकेका व्यवसायीहरुलाई धम्क्याउने, हतोत्साहित गर्ने, मनोबल गिराउने जस्ता काम गर्दै आएकोले सो काम रोकी व्यवसायीलाई आनन्द संग व्यवसाय गर्न सक्ने वातावरणको सिर्जना गरियोस् भन्दै तत्काल धामीलाई बिनासर्त रिहा नगरे आन्दोलनमा जाने समेत बताइएको छ ।
राजस्वका नासु पन्थीले व्यवसायीहरुसँग अनुचित लाभ लिने गरेको र सो पसलमा पनि अनुचित लाभको बोर्गेनिङ चलिरहेका बेला पुगेका व्यवसायीहरु आक्रोशित भएर पन्थी माथि जाई लागेको एकजना व्यवसायीले बताए । पन्थीमाथि दुर्व्यवहार भएको सूचना र अनुचित लाभको आरोप आएपछि राजश्व बिभागबाट छानवीनका लागि २ जना अधिकारीहरु नेपालगन्ज पुगेको जनाईएको छ ।
सरकारले व्यवसायमा चल्दै आएको अण्डर बिलिङलाई नियन्त्रण नगर्दा सम्म स्टक र खरिद बिक्रि हिसाव चुस्त हुन नसक्ने व्यवसायकिो भनाई छ । अण्डर बिलिङलाई कायम राखेर व्यवसायीलाई फन्दामा पार्ने र सरकारी कर्मचारीले असुल्ने गरेको व्यवसायीहरुले गुनासो गर्दै आएका छन् ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *