७ बैशाख २०८१, शुक्रबार

एक लाख मुल्यको अवैध काठ प्रहरीद्धारा बरामद, काठ तस्कर फरार

एक लाख मुल्यको अवैध काठ प्रहरीद्धारा बरामद, काठ तस्कर फरार

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २४ मंसिर । बाँकेको डुडुवा गाउँपालिका २ स्थित जाफरपुरुवाबाट १ लाख मूल्य बराबरको अवैध सालको काठ नेपाल प्रहरी, सशस्त्र प्रहरी, झोरा सामुदायीक वन उपभोक्ता समुह र वन कर्मचारीहरुको टोलिले बरामद गरेको छ ।
नेपाल प्रहरी, शशस्त्र प्रहरी, झोरा सामुदायीक वनकापदाधिकारी र डिभिजन वन कार्यालय बाँकेको सयुक्त टोलीले डुडुवा गाउँपालिका २ जाफरपुरुवा बस्ने कमाल खाँको घरबाट ३१.६७ क्युविक फिट अवैध रुपमा काटी ल्याई लुकाई राखिएको सालको काठ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सो टोलिले स्थानीय व्यक्तिहरूको रोहवरमा अवैध काठ बरामद गरेको हो । अवैध रूपमा सालको काठ घरमा लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाको आधारमा सो टोलिले अपरेसन सुरु गर्ने क्रममा सालको काठ बरामद गरेको जिल्ला बव डिभिजन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेलले जानकारी दिनुभयो । प्रमुख कडेलका अनुसार दोषी कमाल खाँन फरार रहेका छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *