११ बैशाख २०८१, मंगलवार

कतार च्यारिटिद्धारा खजुराका कृषक समुहलाई समरसेवल ट्युबवेल जडान

कतार च्यारिटिद्धारा खजुराका कृषक समुहलाई समरसेवल ट्युबवेल जडान

समाचारदाता
नेपालगञ्ज, भदौ २ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालको सहयोगमा बाँकेका विपन्न कृषक सहमुहरुलाई कृषि उत्पादकत्वमा वृद्धि गरी खाद्य सुरक्षा र गरिबी निवारण सुनिश्चित गर्ने उद्देश्यले ६ वटा समरसेवल ट्युबवेल जडान गरेको छ ।
क्लबले कतार च्यारिटीको साझेदारीमा सञ्चालित साना सिँचाइ सहयोग परियोजना अन्तर्गत खजुरा गाउँपालिकाका ६ वटा कृषक समुहलाई सिंचाईको लागि समरसेवल ट्युबवेल जडान गरेको हो ।
व्यावसायिक तरकारी खेती र अन्य बालीको उत्पादन बृद्धिका लागि कृषक समुहलाई सिंचाईका लागि सो ट्युबवेल प्रदान गरिएको कतार च्यारिटि नेपालका कार्यवाहक निर्देशक ईर्शाद अलि शेषले बताउनुभयो ।
उहाँले सिंचाईको अभावमा व्यवसायीक तरकारी खेती गर्न चाहने विपन्न किसानलाई समस्या परेको देखेर यो सहयोग प्रदान गरिएको बताउनुभयो ।
यसैगरि कतार च्यारिटि नेपालका ईन्जिनियर आमिर फैसलले विपन्न कृषक र अन्य विपन्न परिवारका लागि च्यारिटिले सहयोग प्रदान गर्दै आएको सदुपयोग गर्न आग्रह गर्नु भएको छ ।

खजुरा गाउँपालिका–३ र खजुरा गाउँपालिका–५ मा अनौपचारिक कार्यक्रमका विच कृषक समुहलाई समरसेवल ट्युबवेल हस्तान्तरण गरियो ।
खजुरा गाउँपािलकाका अध्यक्ष डम्बर विक तुफानले खजुरा ५ मा ट्युववेलको उदघाटन गर्दै ताजा तरकारी कृषक समुहका अध्यक्ष कौशिला चन्द मल्ललाई हस्तान्तरण गर्नु भयो भने खजुरा ३ मा बागेश्वरी बहुउदेश्यीय सहकारीका अध्यक्ष कमला न्यौपाने र बाँके युनेस्को क्लबका कोषाध्यक्ष फिरदौस जहाँ खानले संयुक्त रुपमा ट्युववेलको उदघाटन गर्दै प्रह्लाद तरकारी समुहका अध्यक्ष करम चन्दलाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष तुफानले कृषक समुहका लागि गरिएको यो सहयोग निकै सराहनीय रहेको जनाउँदै यसबाट किसानलाई १२ महिनानै व्यवसायीक खेती गर्न सहज हुने बताउनुभयो ।
उक्त अवसरमा क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी, अध्यक्ष रवि तुलाधर, कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, सल्लाहकार तथा पत्रकार सिराज खान र कार्यक्रम अधिकृत अनुप वर्माको पनि उपस्थिति रहेकोथियो ।
समरसेवल ट्युबवेल सहयोग पाएका किसान समूहले विभिन्न प्रकारका तरकारी खेती गरेर आफ्नो जीविकोपार्जन गर्नुका साथै आफ्ना बालबालिकालाई शिक्षा, खाद्य पोषण र उचित स्वास्थ्य सेवामा विशेष ध्यान दिनेछन् ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *