११ बैशाख २०८१, मंगलवार

कोहलपुर अस्पताल भवनको निर्माण गुणस्तरहीन–स्थानीय, गुणस्तरहीन छैन– नगरपालिका

कोहलपुर अस्पताल भवनको निर्माण गुणस्तरहीन–स्थानीय, गुणस्तरहीन छैन– नगरपालिका

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २२ । कोहलपुर नगर पालिका कार्यालयको प्रांगणमा निर्माण भैरहेको अस्पताल भवन निर्माणको क्रममा गुणस्तरहीन निर्माण कार्य भैरहेको आरोप लागेको छ । कोहलपुर नगरपालिका कार्यालय भित्रै झण्डै १० करोडको लागतमा निर्माण भई रहेको अस्पतालको जग निर्माणका क्रममा हालिने टाई बिम निमाण गर्दा गुणस्तरहीन कार्य गरिएको गुनासो उठेको हो।
कुनैपनि भवनको बलियो निर्माणका लागि टाई बिम जमिन सतह मुनिबाटै निर्माण गनु पर्ने हुन्छ । तर सो अस्पतालमा त्यसो नगरी हिलो माथि निर्माण भई रहेको जनाईएको छ । हिलो माथि निर्माण गर्दा कतिपय स्थानमा टाई बिम भत्की सकेको तथा लच्केको भए पनि हिलो माथि नै बिम राख्ने काम भने नरोकीएको स्थानीयले जनाएका छन् । टाई बिम अधिकांस स्थानमा भत्कीसकेको भएपनि त्यसलाई सुधार गर्ने भन्दा हिलो माथि नै बिम हाल्ने काम नरोकीएको स्थानीयको भनाई छ ।
कोहलपुर नगरपालिका कार्यालय भित्रै सो भवन निर्माण भई रहेको भएपनि कोहलपुर नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरु अनुगमनमा समेत नआउने गरेको निर्माणमा खटिएका कामदारले बताएका छन्। खटिएका कामदारले आफुहरुले ठेकेदार कम्पनीले भनेअनुसार काम गर्ने बाध्यता हुँदा केही पनि बोल्न नसकेको जनाएका छन् ।
२०८० सालसम्म भवन निर्माण काम सम्पन्न गर्ने गरि सिएभि बयान एनएस जेभिले निर्माणको ठेक्का पाएको छ ।
सो बारेमा कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालसंग प्रतिक्रिया माग्दा उहाँले नगरपालिकाभित्रै सो भवन बनि रहेकोले प्राविधिकले निरन्तर अनुगमन गरिरहहेको बताउनुभयो । गुणस्तरहीन निर्माण गर्न नदिने जनाउँदै आफुले पनि निर्माण कम्पनी र प्राविधिकसंग स्थानीयको सो गुनासो बारे तत्कालनै कुरा गर्ने बताउनुभयो ।
उहाँले अस्पताल भवन बलियो र लामो समयसम्म टिक्ने बनाउन आफुहरुले कुनै कसर बाँकी नराख्ने बताउँदै थप अनुगमन पनि गर्ने बताउनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *