१६ चैत्र २०८०, शुक्रबार

कोहलपुर बसर्पाक निर्माणको ४५ प्रतिशत काम सम्पन्न

कोहलपुर बसर्पाक निर्माणको ४५ प्रतिशत काम सम्पन्न

गोविन्द शर्मा
बाँके, माघ १९ गते । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रुपमा रहेको छ । अत्यधिक सवारी चाप ब्यवस्थापनका लागि कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण भइरहेको छ ।
कोभिड सङ्क्रमण तिव्ररुपमा बढिरहेको अहिलेको अवस्थामा समेत बसपार्क निर्माण कार्य तिव्ररुपमा अघि बढिरहेको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । २०७७ फागुन २४ गते २७ करोड ८४ लाख ६६ हजार रुपियाँमा बसपार्क निर्माणका लागि सम्झौता भई काम सुरु भएको हो ।
हालसम्म सन्तोषजनक रुपमा काम अघिबढेको छ, नगर प्रमुख रावतले भन्नुभयो –“कोभिड महामारीका बीच पनि अहिलेसम्म ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।” बसपार्क २०७९ फागुन २५ गतेसम्म सम्पन्न गर्ने सम्झौता रहेको छ । कोहलपुर चौराहभन्दा पुर्वतर्फ फराकिलो संरचनासहित बसपार्क निर्माण भइरहेको नगरप्रमुख रावतको भनाई छ । निर्माणधिन बसपार्क पुर्व–पश्चिम राजमार्गसँगै जोडिएको छ ।
लामो दुरीको बसपार्क अत्याधुनिक टर्मिनल भवनसहितको हुनेछ । बसपार्कभित्रै ब्यवसायिक सटरसँगै, स्वास्थ्य चौकी, बैङ्क तथा सुरक्षा निकाय पनि रहनेछ । यो बसपार्क बनेपछि कोहलपुरलाई सुन्दर शहर बनाउने अभियानमा सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताउनुभयो ।
अहिलेसम्म निर्माणको काम हेर्दा समयमै सम्पन्न हुने अपेक्षा छ, प्रमुख प्रशासकीय अधिकृत ढकालले भन्नुभयो – “पश्चिम नेपालको नमूना बसपार्कको रुपमा यो बसपार्क सञ्चालन गर्न लागिएको छ ।” बसपार्क निर्माणका लागि कोहलपुर नगरपालिकाले नगर विकास कोषसँग सहयोग लिएको छ । बसपार्क सञ्चालनमा आएपछि यात्रुहरुलाई सहजता हुने र कोहलपुरको विकासमा समेत टेपा पुग्ने अपेक्षा गरिएको नगर प्रमुख रावतले बताउनुभयो । ( गोरखापत्र अनलाइनबाट साभार )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
1
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *