७ बैशाख २०८१, शुक्रबार

खजुराका दुई वडामा कतार च्यारिटिको सहयोगमा खानेपानीका सय धारा जडान

खजुराका दुई वडामा कतार च्यारिटिको सहयोगमा खानेपानीका सय धारा जडान

समाचारदाता
नेपालगन्ज, भदौ ६ । खानेपानीको अभाव झेली रहेका खजुरा गाउँपालिकाका सर्वसाधारणका लागि बाँके युनेस्को क्लवले कतार च्यारिटीको सहयोगमा खानेपानी धारा जडान गरेर खानेपानीको समस्या समाधान गरेको छ ।
खजुरा गाउँपालिकाको वडा नम्बर २ र ३ मा खानेपानीको सबैभन्दा बढी समस्या रहेकोले सो समस्या समाधानका लागि क्लबे ती वडामा सय वटा खानेपानीको धारा जडान गरेर सो समस्या समाधान गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले खानेपानीको धारा जडान गर्न नसकेर समस्यामा रहेका सय विपन्न परिवारका लागि धारा जडान गरेर ६०० जना भन्दा बढीलाई प्रत्यक्ष लाभ पुरयाईएको बताउनुभयो ।

विपन्न र आवश्यकता भएका परिवारलाई खानेपानीबाट बन्चित हुन नपरोस भन्ने उदेश्यका साथ खजुरा गाउँपालिका वडा नम्बर २ र ३ मा करिब एकसय खानेपानीको धारा स्यालो ट्युव वेल परियोजना अन्तर्गत जडान गरिएको र अझै केही जडानको पक्रियामा रहेको कतार च्यारिटी नेपालका निर्देशक ईर्शाद अलि शेषले बताउनुभयो । उहाँले विपन्नलाई अति आवश्यक सहयोग कतार च्यारिटीले गर्दै आएको बताउनुभयो ।
खानेपानीको धारा स्यालो ट्युव वेल परियोजना अन्तर्गत घर नजिकै खानेपानीको धारा नभएका र धारा भएपनि निकै कम गहिराईमा जडान गरिएका धाराका पानी खान बाध्य भएका परिवारलाई आवश्यकता अनुसार धारा जडान गरिएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले धारा जडान भएपछि सयौं विपन्न परिवारलाई खानेपानीमा धेरै सहजता भएको जनाउँदै यो राम्रो कामका लागि कतार च्यारिटी र बाँके युनेस्को क्लबलाई आभार व्यक्त गर्नुभयो ।
्क्लबले बाँकेमा कतार च्यारिटीको सहयोगमा विपन्न र असहायका लागि विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *