१६ चैत्र २०८०, शुक्रबार

खजुरा बजारको कालोपत्रे दुई सातामै उप्कियो, स्थानीय आक्रोशित

खजुरा बजारको कालोपत्रे दुई सातामै उप्कियो, स्थानीय आक्रोशित

नेपालगञ्ज, पुस ६ । बाँकेको खजुरा बजारमा निमार्ण भइरहेको फोरलेन सडकको बेसमा गरिएको पीच दुई सातामै उप्किएको छ । खजुराको धनौली चौकीदेखि खजुरा १ नम्बरसम्को करिव अढाई किलो मिटर फोरलेन सडकको पीच उप्किएको हो । उक्त सडक निमार्णको जिम्मा गजुरमुखी कन्ट्क्सनले पाएको हो । अढाई किलो मिटरको सडक पाँच वर्षदेखि निर्माणाधिनको क्रममा छ । सडक कालोपत्रे नहुँदा खजुराका स्थानीय धुलोले हैरान छन् । फोरलेन सडककको बेस दुई सातामै उपिक्एपछि स्थानीयले गुणस्तरमाथि शंका जनाउँदै सडक डिभिजन कार्यालयलाई जानकारी गराएका छन् ।
स्थानीय सतीस निरौलाले अढाई किलो मिटरको सडक बनाउन ५ वर्ष समय लगाउनु ठेकेदारको हद लापरवाही भएको बताए । उनले भने, अहिलृ सडक पीच गर्दा पनि गम्भीर लापरवाही देखिएको छ । हामी ५ वर्षदेखि धुलो खानुपर्ने बाध्यता छ ।
सडक डिभिजन कार्यालय नेपालगन्जका ईन्जिनीयर मनबहादुर विकले सडकको बेसमा गरिएको पीच उप्किएको स्वीकार गर्दै निमार्ण कम्पनीलाई पुनः मर्मतका लागि निर्देशन दिएको बताए । उनले भने, सडकको बेस भत्किएको स्थानमा निमार्ण कम्पनीलाई पुनः मर्मत गर्ने निर्देशन दिईसकेका छौँ । हामी आफै पनि पुगेर निरीक्षण गरेर भत्केको स्थानमा पुनः बनाउने भनेका छौँ । भत्किएको बेस मर्मत गरेरमात्रै फागुनसम्म कालोपत्रे गरिने छ ।
उनले मर्मत नगरे निमार्ण कम्पनीले भुक्तानी नपाउने दाबी गरे ।
खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले फोरलेन सडकको बेसमा गरिएको पक्की सडक पुनः मर्मत गनुपर्ने बताए । उनले सडक डिभिजनका डिभिजन प्रमुखसंग त्यस बारे छलफल गरेको जनाए ।(दस्तावेज डटकमबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *