७ बैशाख २०८१, शुक्रबार

जमुनाहा कोहलपुर विचका मापदण्ड विपरितका संरचना हटाउन दुई महिनाको समय माग

जमुनाहा कोहलपुर विचका मापदण्ड विपरितका संरचना हटाउन दुई महिनाको समय माग

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, चैत १२ । बाँके चेम्बर अफ कर्मसले सडक क्षेत्रभित्र परेका संरचना हटाउन दुई महिनाको समय माग गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई शनिबार ध्यानाकर्षण पत्र बुझाउँदै चेम्बर अफ कमर्सले यस्तो माग गरिएको हो ।
नेपालगन्ज कोहलपुर सडक विस्तार गर्ने क्रममा सडक डिभिजन कार्यालयले पुर्ववत तयारी र आवश्यक प्रक्रिया नअपनाई विषम परिस्थिती सिर्जना गरिरहेको गुनासो गर्दै दुई महिनाको समय माग गरिएको छ ।
कोभिडले बजार, ब्यवसाय धरासायी भएको अवस्थामा सडक डिभिजन कार्यालयले मापदण्डभित्र परेका संरचनाहरुमा मार्किङ गर्नुपर्ने, सरोकारवाला घरधनीलाई उचित समयावधि सहितको सूचना दिनुपर्ने लगायतको सर्वमान्य सिद्धान्त विपरित गरिएको बल प्रयोगको विरोध गर्दै कम्तिमा पनि दुई महिनाको समयसीमा दिनुपर्ने माग सो संगठनले गरेको छ ।

सडक डिभिजन कार्यालय अगाडीकै एक संरचना भत्काएपछि उत्पन्न भएको विवादले ठुलो रुप लिंदै गएर सो कार्यको व्यापक आलोचना गरिएपछि व्यवसायी संघ संगठनहरु अगाडी आएका छन् । कोहलपुर उद्योग वाणिज्य संघले केही समय माग गरेर मापदण्ड विपरितका संरचना हटाउन कन्भिन्स गरिरहेको बेला नेपालगञ्जका उद्योगी व्यवसायीका संगठनले राम्रो भूमिका नखेलेको आरोप पनि लाग्न थालेको छ ।
ध्यानाकर्षण पत्र बुझाउँदै बाँके चेम्बर अफ कमर्सका अध्यक्ष सतिश कुमार अग्रवालले आफुहरु विकास विरोधी नभएको प्रष्ट पार्दै विकासमा हाम्रो साथ र सहयोग रहेको तर सडक डिभिजनले सर्वमान्य सिद्धान्त र प्रक्रिया विपरित एकाएक संरचना भत्काउनु गलत भएको बताउनुभयो ।
‘सडक मापदण्ड भित्र परेका अधिकाशं घरधनीलाई पुर्ववत कुनैपनि सूचना जानकारी दिइएको छैन, यो सडक विभागको कमजोरी हो,’ अध्यक्ष अग्रवालले भन्नुभयो, ‘सडक अतिक्रमित संरचना हटाउने भन्दै चालिएको कदमले सर्वसाधरण जनतामा आतंक मच्चाइरहेको छ, डोजर आतंक बन्द गरिनुपर्छ ।’
ध्यानाकर्षण पत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले उक्त विषयलाई उच्च प्राथमिकताका साथ लिएको बताउँदै यस विषयमा आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
उता सडक डिभिजन कार्यालयले पनि सर्वदलीय बैठकले मापदण्ड विपरितका संरचना हटाउने निर्णय गरेकोले सर्वदलीय बैठकलेनै केही समय दिने निर्णय गरेमा आफुलाई कुनै पनि आपत्ती नहुने जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *