१३ बैशाख २०८१, बिहीबार

डुडुवा–राँझा सडक निर्माणको मन्त्री राईद्धारा सिलान्यास, ग्रामिण सडक उच्च प्राथमिकतामा

डुडुवा–राँझा सडक निर्माणको मन्त्री राईद्धारा सिलान्यास, ग्रामिण सडक उच्च प्राथमिकतामा

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असार २७ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बाँकेको डुडुवादेखि राँझासम्म निर्माण गरिने सडकको सोमवार सिलान्यास गर्नु भएको छ ।
डुडुवा २ बेतहनीमा आयोजना गरिएको एक कार्यक्रमका विच मन्त्री राईले सो सडक निर्माणको सिलान्यास गर्नुभयो । उक्त अवसरमा बोल्दै उहाँले जिल्लाका ग्रामिण क्षेत्रलाई सदरमुकाम र मुख्य राजमार्गसंग जोड्ने सडकहरु निर्माणमा तिव्रता दिईने बताउनुभयो ।
उहाँले सडक र विद्युत विस्तार गर्ने वित्तिकै विकासले आफै फड्को मार्ने र नागरिकको जिवनस्तर र आर्थिक अवस्थामा समेत परिवर्तन आउने भएकोले सरकारले ग्रामिण सडकहरुलाई उच्च मापदण्डका साथ कालोपत्रे निर्माण गर्ने योजना अघि सारेको बताउनुभयो ।

निर्वाचन क्षेत्र सडक रणनैतिक योजना अन्तर्गत उक्त सडक निर्माण गर्न लागिएको मन्त्री राईले बताउनुभयो ।
सो कार्यक्रममा हुलाकी सडक आयोजनाका प्रमुख गगल बहादुर भण्डारी, संघिय सडक अनुगमन कार्यालय सुर्खेतका रुपक राज भण्डारी, नेपालगञ्ज उपमहानगर पालिकाका उपमेयर कमरुद्दीन राई, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, डुडुवा वडा नम्बर २, ३ र ४ का वडा अध्यक्षहरु दुर्गाप्रसाद बर्मा, आमोद तिवारी र सगिर खाँ तथा जसपा बाँकेका सचिव राजेन्द्र विश्वकर्मा र नेता भण्डारीलाल यादव लगायतको सहभागिता रहेको थियो ।
करिब २५ करोडको लागतमा निर्माण गरिने सो सडकको निर्माण कार्य २ वर्षमा पुरा गर्ने गरि खड्का निर्माण सेवा बैजनाथ बाँकेले पाएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख होम बहादुर एसीले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *