८ बैशाख २०८१, शनिबार

तमु लोसारको उपलक्ष्यमा मोरिङ्गा रोपियो

तमु लोसारको उपलक्ष्यमा मोरिङ्गा रोपियो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १५ । विश्व वन्यजन्तु कोषका निर्देशक डा घन श्याम गुरुङ , विश्वजन्तु कोष नेपाल कि गुड विल एम्बेस्डर वरिष्ठ गायिका आनी छोईङ डोल्मा र आठ विलियन रुखका का हरित अभियन्ता हेमन्तराज काफ्लेले संयुक्त रुपमा विहिबार सितलचिनिको बिरुवा नेपालगन्जको सोल्टी होटल परिसरमा लगाउनु भएको छ ।
सितलचिनिको बारेमा गायिका आनिले आफू अफ़्रिका घुम्न गएको बेला थाहा पाएको र यो स्वास्थ्यका लागि निकै फाईदा जनक एक सुपर फुड भएको बताउनु भएको थियो र त्यही मोरिङ्गाको बिरुवा लोसार जस्तो सुभ दिनमा लगाउन पाउँदा निकै खुसी भएको बताउनुभयो । विश्वजन्तु कोषका निर्देशक डा गुरुंगले रुख नै जीवन हो यो रुखले हामिलाई नेपालगन्जलाई स्मरण गराई रहने छ भन्दै संरक्षणका क्षेत्रमा हामीले सबैलाई चेतना दिन निकै जरुरी रहेकोले बिरुवा लगाउनुपर्ने बताउनुभयो ।
बिरुवा लगाउन जुराएकोमा नेपालगञ्जका हरित अभियन्ता हेमन्तलाई अतिथिहरुले धन्यवाद दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *