१६ चैत्र २०८०, शुक्रबार

दसै नजिकिएसंगै नेपाली उपभोक्ता खरिदारीका लागि सीमापारी जाने क्रम बढ्दै

दसै नजिकिएसंगै नेपाली उपभोक्ता खरिदारीका लागि सीमापारी जाने क्रम बढ्दै

सिराज खान
नेपालगञ्ज, भदौ २५ गते । हरेक वर्षझैँ यस पटक पनि चाडपर्व नजिकिएसँगै नेपालगन्ज बजारमा खासै चहलपहल सुरु भएको छैन । तर, सीमापारि रूपैडिहा बजारमा भने किनमेल गर्ने नेपालीको घुइँचो लाग्न थालिसकेको छ ।
दसैँ र तिहार नजिकिएसँगै गत केही दिन यता सीमापारि गएर किनमेल गर्नेहरू बढेको पाइएको छ । रुपैडिहाका अधिकांश पसल अहिले नेपाली उपभोक्ताले भरिभराउ छन् । जताततै नेपाली उपभोक्ता नै देख्न सकिन्छ । सधैँ जसो नेपाली उपभोक्ताले भरिने रुपैडिहामा चाडपर्व आउने भन्दा केही समयअघिबाट त थामिनसक्नु भिड हुने गरेको सीमापारिका व्यवसायीहरूले बत्ताउँछन् ।
अहिले दैनिक सयौँको सङ्ख्यामा नेपाली उपभोक्ताहरू सामान खरिद गर्न आउने गरेको रुपैडिहाका व्यवसायी ओमकार वैश्य बताउनुभयो । उहाँले नेपालगन्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बासगढी, भुरिगाँउ र दाङ तथा सुर्खेतसम्मबाट खरिदारीका लागि नेपाली उपभोक्ताहरू आइरहेको बताउनुभयो ।
चाडपर्वका लागि किनमेल गर्न रुपैडिहा पुग्नु भएकी नेपालगन्ज ११ की फिरदौस जहाँ खानसंग प्रतिक्रिया माग्दा उहाँले नेपालगन्जभन्दा यहाँ धेरै सामान सस्तोमा पाइने भएकोले नै आएको बताउनुभयो । रूपैडिहामा दैनिक नेपाली उपभोक्ताले कतिको मालसामान किनमेल गर्छन् भन्ने यकिन तथ्याङ्क नभएपनि अन्य समयमा दैनिक तीन करोड बढी र चाडपर्वको बेला दैनिक पाँच करोड बढीको कारोबार हुने गरेको नेपाली व्यापारी बत्ताउँछन् ।

नेपालगन्ज सुनसान
सीमापारिको बजारमा भीड भएपनि नेपालगन्जमा भने अझै खासै चहलपहल र व्यवसाय सुरु नभएको व्यवसायीले बताएका छन् । दसै नजिकै आउन लागेपनि अझै बजारमा धेरै ग्राहक नदेखिएको सदरलाइनका कपडा व्यवसायी केदार गुप्ताले बताउनुभयो । सोही प्रकारको भनाई नगरका अधिकांश व्यवसायीको छ ।
उता, नेपालगन्ज उद्योग वाणिज्य सङ्घले भने भन्सारले राजस्व सङ्कलनमा कडाइ नगरेकोले नेपालगन्जको व्यवसाय सुक्दै गएको जनाएको छ । सय रुपियाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियमलाई कडाइका साथ पालना गरे स्थानीय बजारको व्यापार बढ्ने नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले बताउनुभयो ।
उहाँले सीमापारि जाने अधिकांशले राजस्व नतिरेर सामान ल्याउने गरेकोले नै उनीहरू उता जाने गरेको बताउनु भयो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

राजश्व असुलीमा कडाइ गरिएको छ–भन्सार अधिकृत
नेपालगन्ज भन्सार कार्यालयले राजश्व सङ्कलनमा कमी आएको जनाएको छ । नेपालगन्ज भन्सार कार्यालयका अधिकृत प्रवीण लिम्बुले गत आर्थिक वर्षमा लक्ष्यको ८८ प्रतिशत मात्र राजश्व सङ्कलन भएको जनाउँदै चालु आर्थिक वर्षको साउन महिनामा पनि ७५ प्रतिशत मात्र असुली भएको बताउनुभयो ।
उहाँले सीमापारिबाट सामान ल्याउनेहरूलाई कडाइ गरेर बढी सामान भएमा राजश्व लिने गरेको बताउनुभयो । ( गोरखापत्र अनलाइनबाट साभार )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *