७ बैशाख २०८१, शुक्रबार

धम्बोझीस्थित राष्टिय वाणिज्य बैंकमा तोडफोड गर्ने पक्राउ

धम्बोझीस्थित राष्टिय वाणिज्य बैंकमा तोडफोड गर्ने पक्राउ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ६ । नेपालगन्जको राष्ट्रिय बाणिज्य बैंकमा तोडफोड गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जस्थित राष्ट्रिय बाणिज्य बैंकको कार्यालयमा प्रवेश गरि महत्वपूर्ण कागजात, दराज लगायतका सामान तोडफोड गरि फरार रहेका ती युवालाई नियन्त्रणमा लिइएको हो ।
कैलाली जिल्लाको टिकापुर–९ घर बताउने २६ वर्षिय सञ्जु विकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही र अनुसन्धान अगाडी बढाएकोछ । पक्राउ परेका विकका साथबाट एउटा खुकुरी समेत बरामद गरिएकोछ ।
प्रहरीका अनुसार विकले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ धम्बोझी स्थित राष्ट्रिय बाणिज्य बैंकमा प्रवेश गरि एक्कासी तोडफोड गरेका थिए । विकले बैंकमा तोडफोड गर्नुको कारण थाहा नभएको जनाउँदै सो बारेमा पनि अनुसन्धान भैरहेको प्रहरीले बताएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *