१५ चैत्र २०८०, बिहीबार

नरैनापुरका करिब दस हजार घरधुरीलाई सिलिण्डर र ग्याँस चुल्हो वितरण

नरैनापुरका करिब दस हजार घरधुरीलाई सिलिण्डर र ग्याँस चुल्हो वितरण

सिराज खान
नेपालगञ्ज, पुस १९ । केही समयअघिसम्म जिल्लाकै सबैभन्दा बढी पिछिडिएको मानिने नरैनापुर गाउँपालिकामा स्थानीय सरकार निर्वाचित भएपछि अहिले सो क्षेत्रको मुहारनै परिवर्तन भएको छ । विकास निर्माणमा मात्र नभएर जनताको जिवनस्तर उकास्ने कामदेखि शिक्षा र स्वास्थ्यका क्षेत्रमा समेत उल्लेखनीय प्रगतिहरु भएको स्थानीयको भनाई छ ।
नरैनापुर क्षेत्रमा धार्मक रुपमा सबैभन्दा सम्मानित मियाँ साहेब परिवारका सदस्य ईश्तियाक अहमद शाहको नेतृत्वमा सरकार गठन भएपछि सो क्षेत्रका जनताले वास्तवमै सिंहदरबार गाउँमा पुगेको अनुभूति गरेको स्थानीयले बताएका छन् ।
संघिय सांसद तथा हालका मन्त्री महेश्वर गहतराज अथक र प्रदेश सभासद कृष्णा केसी नमुनासंगको समन्वय र सहयोगमा पहिलो पटक नरैनापुरको बघौडासम्म कालोपत्रे सडक र विद्युत पुगेसंगै छात्रालाई विद्यालयमा टिकाइ राख्न साइकल वितरणदेखि अस्पतालको स्तरोन्नती गरेको शाह नेतृत्वको सरकारले अहिले जनतालाई खाना पकाउन सहज होस भन्ने मनसायका साथ गाउँपालिकाका करिब १० हजार घरधुरीलाई ग्याँस चुल्हो र सिलिण्डर वितरण गरेको छ ।

अहिलेसम्म अधिकांशले दाउराको भरमा खाना पकाउँदै आएका नरैनापुर गाउँपालिकाका ९ हजार ५ सय परिवारलाई स्थानीय सरकारले ५ करोडको लागतमा ग्यास सिलिण्डर र चुल्हो खरिद गरेर वितरण शुरु गरेकोछ । ९ हजार ५ सय घरधुरीलाई सिलिण्डर र ग्यास चुल्हो वितरण गर्ने योजना बनाएर ५ करोड रकम विनियोजित गरिएको गाउँपालिकाका अध्यष शाहले बताउनुभयो ।
नौ बुँदे प्रतिबद्धतासहित डिजिटल प्रविधिबाट ग्यास सिलिण्डर र चुलो वितरण गर्न सुरु गरिएको उहाँले बताउनुभयो । प्रतिपरिवार ग्याससहितको सिलिण्डर १ थान, चुल्हो १ थान, पाइप २ मिटर, लाइटर १ थान दिइएको गाउँपालिकाले जनाएको छ ।
आगामी एक महिनाभित्र पालिकाका लक्षित ९ हजार ५ सय घरधुरीलाई ग्यास सिलिण्डर र चुलो वितरण गरिसक्ने अध्यक्ष शाहले जानकारी दिनुभयो । वनजंगल फडानी गर्ने कार्य रोकेर वातावरण संरक्षणमा योगदान पुर्याउन, आगलागी नियन्त्रण र धुवाँबाट हुने रोगहरु न्यूनीकरण गर्ने उद्देश्यले गाउँपालिकाका सबै घरधुरीलाई ग्यास सिलिण्डर र चुलो वितरण गर्न शुरु गरिएको अध्यक्ष शाहले बताउनुभयो।
बालबिवाह, बालश्रममुक्त परिवारको निर्माण गरी बालमैत्री स्थानीय शासन सञ्चालनमा सहयोग पुर्याउनुपर्ने, लैङ्गिक तथा घरेलु हिंसा गर्न नपाइने, जातिय तथा धार्मिक छुवाछुत र भेदभाव गरे कानून बमोजिम कारबाही सहने छु भन्ने प्रतिवद्धतापत्रमा हस्तक्षर समेत गराएर ग्यास सिलिण्डर र चुलो वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *