६ बैशाख २०८१, बिहीबार

नरैनापुरको विकास र समृद्धिकालागि मिलेर काम गर्ने अध्यक्ष शाह र मन्त्री अथकको प्रतिवद्धता

नरैनापुरको विकास र समृद्धिकालागि मिलेर काम गर्ने अध्यक्ष शाह र मन्त्री अथकको प्रतिवद्धता

समाचारदाता
नेपालगञ्ज, साउन २५ । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष एवम् जनता समाजवादी पार्टीका नेता इश्तियाक अहमद शाहले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ लाई भेटेर गाउँपालिकाको विकास निर्माण बारे छलफल गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको दुबै नेताको भेटमा गाउँपालिका अध्यक्ष शाहले नरैनापुरको सबै वडाहरूलाई मुख्य सडकसंग जोडनका लागि बजेट व्यवस्था गरिदिन माग गर्नुभयो ।
समृद्धिका लागि सडक अपरिहार्य भएको जनाउँदै उहाँले नरैनापुरका अधिकांश ग्रामिण र दुर्गम क्षेत्र अझै पनि सडकविहिन रहेको अध्यक्ष शाहले गुनासो गर्नुभयो ।
अध्यक्ष शाहको कुरा सुनेर मन्त्री अथकले गाउँपालिकाको सडक मात्र नभएर स्वास्थ्यका लागि खेलकुदको लागि समेत बजेट व्यवस्था गर्न लागेको आश्वासन दिनुभयो । नरैनापुर जस्तो बिकट ठाउँका लागि आफुले सक्ने सहयोग गर्ने मन्त्री अथकले सो अवसरमा बताउनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको कार्यकक्षमा भएको भेटमा गाउँपालिका अध्यक्ष शाहसंग मन्त्री अथकले नरैनापुरमा यस बर्ष पानी नपरेकोले सुख्खा क्षेत्र घोषणा गर्ने अवस्था सृजना भएको बताउदै उक्त समस्या समाधानका लागि उक्त क्षेत्रमा बोरिङ जडान गर्न लागेको पनि सुनाउनुभयो ।

यस्तै विद्यालयमा खेलका लागि बजेटको व्यवस्था गरेको बताउँदै डुबानको समस्या समाधानका लागि ठाउँ–ठाउँमा सामुदायिक सेल्टर निर्माण गर्नका लागि बजेटको व्यवस्था गरेको पनि मन्त्रीले जानकारी गराउनुभयो ।
नरैनापुर गाउँपालिका अध्यक्ष शाहले सोही अवसरमा मन्त्री अथक मार्फत तत्काल इलाका प्रशासन कार्यालय संचालनका लागि जनशक्तिको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीसंग आग्रह गर्नु भएको थियो ।
मन्त्री अथकले इलाका प्रशासन कार्यालय नरैनापुरबाट संचालन गर्ने गरी जनशक्ति व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई तत्कालनै निर्देशन दिनु भयो । मन्त्री अथकको पहलमा नरैनापुरमा अत्याधुनिक रंगशाला निर्माण सुरु भएको छ भने बिद्यालयको भवन निर्माणका लागि टेण्डर आह्वान गरिसकिएको छ ।
गाउँपालिका अध्यक्ष शाहले नरैनापुरमा शिक्षा, स्वास्थ्य र सडकको विस्तार पश्चात नरैनापुर गाउँपालिका समृद्ध हुन सक्ने भएकोले उक्त कार्यका लागि विभिन्न मन्त्रालयसंग बजेट माग गर्दै आएको बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *