८ बैशाख २०८१, शनिबार

नर्स बनाईदिन्छु भन्दै तीन महिलाबाट ८ लाख बढी ठगीयो

नर्स बनाईदिन्छु भन्दै तीन महिलाबाट ८ लाख बढी ठगीयो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २३ । बाँकेकै एक प्रतिष्ठित अस्पतालमा नर्सिङ्ग अध्ययन तथा नर्स बनाउँछु भन्दै तीन महिला ठगिएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार दुई जना महिलासंग नर्सिङ्ग अध्ययन तथा नर्सको जागिर लगाउँछु भनेर ८ लाख रुपियाँ ठगि गरिएको उजुरी जिल्ला प्रहरी कार्यालय बाँकेमा परेको छ । नर्सिङ्ग अध्ययनका लागि तीन लाख र जागिरका लागि पाँच लाख गरेर दुई जनाको ८ लाख ठगिएको उजुरी परेको प्रहरीले जनाएको छ ।
नर्स बनाउँछु र जागिर लगाउँछु भनेर ठगिएको उजुरी जिल्ला प्रहरी कार्यालयमा आएकोले प्रहरीले अनुसन्धान गरिरहेको बाँके प्रहरी प्रवक्ता, डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँले ‘घटनाबारे अनुसन्धान अघि बढेको जनाउँदै तर अहिलेसम्म कोही पनि पक्राउ नपरेको बताउनुभयो ।
आफुलाई नर्स बताउने दुई जनाले नर्सिङ्ग अध्ययनका लागि नाम निकालिदिने र जागिर लगाइदिने भन्दै तीन जनालाई ठगेको पाईएको छ। पीडित दाङ्ग र लमहीका महिलाले पैसा बुझाएपछि पनि आफ्नो काम नभएपछि अस्पताल पुगेर जानकारी माग्दा अस्पतालले प्रहरीलाई बोलाएको थियो । नर्स हुँ भन्दै ठग्ने दुवै नर्स नभएको प्रारम्भिक अनसन्धानबाट खुलेको जनाउँदै जिल्ला प्रहरी कार्यालयले रकम दिनेहरु ठगीमा परेको जनाएको छ ।
नर्स बन्नका लागि पैसा दिएका महिलाहरु घुस दिए वापत आफुलाई पनि सजाय हुन सक्ने भयले लामो समय प्रहरी समक्ष नपुगेको प्रहरीले जनाएको छ । नर्स भन्दै असुली गर्ने प्युठान र दाङ्गको भएको बताइएको छ । उनीहरु नेपालगन्जका अस्पतालमा नर्स रहेको बताएकाले प्रहरीले त्यसबारे बुझ्दा झुट्टा ठहर भएको प्रहरीको भनाई छ ।
केही साता अघि कोहलपुरमा पनि नर्स बनाइन्छु भन्दै ठगी भएको विषयमा मिलापत्र भएको थियो । ठगिएको विषय आएपनि पैसाको लेनदेन भएकाले उजुरी नआएपछि कारवाही अगाडि नबढाईएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालले बताउनुभयो ।
पछिल्लो समयमा आएर विभिन्न बहानामा ठगीका घट्नाहरु धेरै बढेको प्रहरीलेनै जनाएको छ । अनलाइन मार्फत पनि ठगी धेरै भैरहेकोले सचेत रहन प्रहरीले पटक पटक सुचना निकाल्ने र सर्वसाधारणलाई जानकारी गराउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *