१६ चैत्र २०८०, शुक्रबार

निर्धन लघुवित्तद्धारा महिला उद्यमीहरुका लागि निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम

निर्धन लघुवित्तद्धारा महिला उद्यमीहरुका लागि निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम

सिराज खान
नेपालगञ्ज, फागुन ४ । निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले लघु उद्यमी महिलाहरुका लागि बाँकेको कोहलपुरमा दुई दिने बृहत्त निशुल्क स्वास्थ्य परीक्षण कार्यक्र सञ्चालन गरेको छ ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्थामा आवद्ध लघु उद्यमी महिलाहरुका लागि निर्धन उत्थान सन्जिविनी स्वास्थ्य प्रतिष्ठान कोहलपुरमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य परीक्षणमा पाठेघरसम्बन्धि समस्या लगायत अन्य विभिन्न समस्या भएका महिला उद्यमीहरुले स्वास्थ्य परीक्षण गराउनुभएको छ ।
सो स्वास्थ्य परीक्षण कार्यक्रममा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा ईन्द्रजित घोष, डा. राम विष्ट र फिजिसियनहरु डा. श्याम विक तथा डा. देवेन्द्र आचार्यलगायतले महिलाहरुको स्वास्थ्य परीक्षण गर्नुभयो ।
सो शिविरमा कोहलपुर क्षेत्रका संस्थामा आवद्ध ३०० बढी महिलाहरुको स्वास्थ्य परीक्षण गरिने तथा औषधी समेत वितरण गरिने निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाको क्षेत्रीय कार्यालय कोहलपुरका प्रमुख विष्णु बहादुर कुँवरले बताउनुभयो ।

सो स्वास्थ्य परीक्षण कार्यक्रमको उदघाटन निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाँले उद्यम असफल हुनुमा उद्यमीको स्वास्थ्य समस्या पनि एक प्रमुख कारण भएकोले निर्धनले बेला बेलामा उद्यमीको स्वास्थ्य अवस्था बुझ्न र समस्या भए उपचार गर्नका लागि निशुल्क स्वास्थ्य कार्यक्रम गर्दै आएको बताउनुभयो ।
भारतीय नाकाहरुसंग जोडिएका स्थानहरुमा नेपालमा उत्पादित भन्दा भारतबाट आयात गरिएका उत्पादन सस्तो पर्ने हुँदा स्थानीय उद्यमीलाई समस्या हुने गरेकोले सो रोक्न सम्बन्धित स्थानीय सरकारले पहल गर्नुपर्ने तथा आयात कर बढाउनुपर्ने सुझाव प्रमुख कार्यकारी अधिकृत पन्तले दिनुभयो । स्थानीय उद्यमीको उत्पादनको बजारीकरणका लागि राज्यले सहयोग र व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाका वरिष्ठ व्यवस्थापक जिताराम गौतमले निर्धनले आफ्ना सदस्यहरुलाई व्यवसायी बनाउने उदेश्यले आम्दानीको श्रोत, कर्जा भुक्तानी क्षमता र परियोजना सम्बन्धि ज्ञानको आधारमा सेवा तथा वस्तु उत्पादन गर्नका लागि कर्जा लगानी गर्दै आएको बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *