११ बैशाख २०८१, मंगलवार

नेपालगञ्जको अव्यवस्थित पार्किंगलाई व्यवस्थित गर्दै ट्राफ्रिक प्रहरी

नेपालगञ्जको अव्यवस्थित पार्किंगलाई व्यवस्थित गर्दै ट्राफ्रिक प्रहरी

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १८ । जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले नेपालगन्जमा जथाभाबी पार्किङ गरेर राखिएको सवारी साधन र ठेलागाडालाई ब्यबस्थित गर्न शुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको नेपालगन्ज बजार क्षेत्रमा जथाभाबि पार्किङ गर्ने प्रचलननै कायम भैसकेकोले सो मा सुधार ल्याउनका लागि जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले पार्किंगलाई व्यवस्थित गर्न थालेको ट्राफ्रिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाहले बताउनुभयो ।
उहाँका अनुसार सो क्रममा नेपालगञ्जको त्रिभुवन चोक र सदरलाइनमा अव्यवस्थित तरिकाले जथाभावि पार्किंग गरेर राखेका मोटरसाईकल, ठेलागाडालाई जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले मंगलवार ब्यबस्थित गरेको छ । नेपालगन्ज बजारको बिभिन्न स्थानहरुमा जथाभाबी पार्किङ गरि राखेका सवारी साधन मोटरसाईकल, स्कुटी, अटो, ठेलागाडाहरुलाई जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेका टोलीले निश्चित स्थानमा पार्किङ गर्न लगाउँदै ब्यवस्थित गर्न शुरु गरेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयका प्रमुख शाहले बताउनुभयो ।
विशेष गरि नेपालगन्जको बजार क्षेत्र जस्तै त्रिभुवन चोक, सदरलाईन, त्रिबेणीमोड, ईदगाह रोड, विपी चोक, धम्बोझी चोक, सेतु विक चोक, घरबारी टोल र न्युरोडमा अव्यवस्थित रुपमा पार्किङ गरि सवारीसाधान राखिने गरिएको छ ।
सडक दुर्घटना न्युनिकरण गर्न जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले सवारी चेकजाँचमा कडाई, जनचेतना मुलक अभियान, प्रशिक्षण जस्ता कार्य गर्दै आएको जनाउँदै प्रमुख शाहले अब पार्किंगलाई व्यवस्थित गर्नुका साथै अन्य ट्राफ्रिक नियमको पालनामा पनि विशेष कडाई गरिने बताउनुभयो । उहाँले कोभिडका कारण जनतामा सचेतना फैलाउन मास्क खोई अभियानलाई पनि संगसंगै निरन्तरता दिईएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *