१३ बैशाख २०८१, बिहीबार

नेपालगञ्जमा हाइजेनिक र गुणस्तरीय मासु पाइने डेली चिकेन नामक पहिलो आउटलेटको शुभारम्भ

नेपालगञ्जमा हाइजेनिक र गुणस्तरीय मासु पाइने डेली चिकेन नामक पहिलो आउटलेटको शुभारम्भ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर १३ । नेपालकै पहिलो वातानुकुलित स्वच्छ र गुणस्तरीय तरिकाले मानव स्वास्थ्यका लागि कुनै पनि किसिमले प्रतिकुल प्रभाव नहुनेगरि रजा ग्रुपद्धारा उत्पादन गरिएका कुखुराको मासुको पहिलो आउटलेट को नेपालगञ्जमा सोमवार शुभारम्भ गरिएको छ ।
शाहरुख इन्टर प्राइजेजले नेपालगञ्ज बसपार्क, बाईपास रोड वडा नम्बर ४ मा ‘डेली चिकेन’ को नामले सो पहिलो आउटलेटको शुभारम्भ गरेको हो । उक्त आउटलेटमा नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिबाट हाइजेनिक वातावरणमा उत्पादन गरिएका कुखुराको मासु विक्रि वितरण गर्न शुरु गरिएको शाहरुख इन्टर प्राइजेजका सञ्चालक शाहरुख रजाले बताउनुभयो ।
उक्त आउटलेटको शुभारम्भमा पुग्नु भएका बाँके क्षेत्र नम्बर २ का संघीय सांसद तथा पुर्व मन्त्री मोहम्मद ईश्तियाक राईले नेपालगञ्ज र सो वरिपरि कुखुराको मासुको माग उच्च रहेकोले मानव स्वास्थ्यलाई ध्यानमा राखेर वातानुकुलित स्वच्छ र गुणस्तरीय तरिकाले रजा ग्रुपले कुखुरा उत्पादन गरेकोले यस क्षेत्रका वासिन्दाको आवश्यकता पुरा हुने बताउनुभयो ।
उहाँले देशमै पहिलो पटक यस्तो प्रविधिबाट कुखुरापालन गरिएकोमा रजा ग्रुपलाई धन्यवाद दिंदै सो ग्रुपद्धारा उत्पादन गरिएका  कुखुराको मासु स्वास्थ्यका लागि समेत अतिनै राम्रो रहेको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं २१ तेलनपुर्वामा रजा ग्रुप प्रालिले १३ करोड बढी लगानी लगाएर वातानुकुलित अत्याधुनिक खोरहरु निर्माण गरी बोइलर कुखुरा पालन शुरु गरेको छ । रजा ग्रुप प्रालिका सञ्चालक मुख्तार राईका अनुसार ७५ हजार कुखुरा एकै लटमा पाल्न सक्नेगरी पाँच वटा अत्याधुनिक र वातानुकुलित खोरको निर्माण गरेर कुखुरापालन शुरु गरिएको हो ।
रजा ग्रुपले कुखुरा उत्पादन शुरु गरेपछि बाँकेमा मासुको अभाव समेत समाप्त भएको र अभाव देखाएर मुल्य बढाउने काम पनि बन्द भएको पाईएको उपभोक्ताको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *