१३ बैशाख २०८१, बिहीबार

नेपालगञ्ज विमानस्थलमा विमानमा स्याल ठोक्कियो, यात्रु सुरक्षित, जहाजको नोजल गेयरमा क्षति

नेपालगञ्ज विमानस्थलमा विमानमा स्याल ठोक्कियो, यात्रु सुरक्षित, जहाजको नोजल गेयरमा क्षति

सिराज खान
नेपालगञ्ज, मङ्सिर ८ गते । काठमाडौंंबाट नेपालगञ्ज आएको बुद्ध एयरको एब्रो जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा स्याल ठोक्किएको छ ।
बुधबार सांझ ७ बजेर ५ मिनेटमा विमान अवतरण गरिरहेको बेला धावनमार्गमा स्यालसंग ठोक्किएको नागरिक उड्यन कार्यालय नेपालगञ्जले जनाएको छ ।
सो कार्यालयका प्रमुख सुभाष झाले बुद्ध एअरको विमान अवतरण गरेर धावनमार्गमा दौडिरहेको बेला स्यालसंग ठोक्किएको र विमान तथा यात्रुहरु सबै सुरक्षित रहेको बताउनुभयो ।
उहाँले सो विमान अवतरण गरे लगत्तै श्री एअरको विमान समेत अवतरण गरेको जनाउँदै धावनमार्गमा गएर हेर्दा स्यालका शरीका भागहरु टुक्रा भएको अबस्थामा फेला परेको बताउनुभयो ।
स्याल ठोकिदा जहाजको नोजल गेयरमा समस्या आएकोले सो चेकजाँचका लागि काठमाण्डौबाट ईन्जिनियरहरु आइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन अधिकारीले बताउनुभयो ।
सो घट्ना पश्चात एक घण्टादेखि विमानस्थलबाट कुनै उडान नगरिएको र श्री एअरले काठमाडौका लागि उडान गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ ।
स्याल ठोक्किएको विमानको परीक्षण गरेर मात्रै उडान गरिने हुँदा बुद्ध एयरको अर्को विमान काठमाडौबाट आइरहेको पनि नागरिक उड्यन कार्यालयले जनाएको छ ।
दुई साता अघि मात्र नेपालगञ्जबाट मुगु उडानको लागि धावन मार्गमा दौडीरहेको सीता एयरको टुइनेटर जहाजमा तीन वटा बँदेल ठोक्किएका थिए ।
सो घट्नापछि धावनमार्ग वरिपरिको घाँस र झाडीलाई सफा गरिएपनि अहिले फेरी जहाज स्यालसंग ठोक्किएको छ । ( गोरखापत्र अनलाइनबाट साभार)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *