७ बैशाख २०८१, शुक्रबार

नेपालगन्जमा शाइन रेसुङ्गा बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपालगन्जमा शाइन रेसुङ्गा बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २२ । शाइन रेसुङ्गा बैंकले नेपालगञ्जमा रहेको कलेज अफ मेनेजमेण्टमा विविएसमा अध्ययनरत विद्यार्थीहरुका लागि वित्तीय एवं डिजिटल साक्षरता सम्बन्धी कार्यक्रम गरेको छ ।
बैंकका शाखा प्रबन्धक तेज बहादुर रावलले वित्तीय साक्षरताको आवश्यता, महत्व एवं वित्तीय समावेशीकरण, बैंकिङ्ग विकास र शाइन रेसुङ्गा बैंकको संक्षिप्त जानकारीका साथै बैंकले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा विद्यार्थिहरुलाई जानकारी गराउनु भएको थियो ।
करीब ५० जना भन्दा बढी विद्यार्थीहरु रहेको सो साषरता कार्यक्रममा कलेजका प्राध्यापकसहित अध्यापकहरको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *