७ बैशाख २०८१, शुक्रबार

नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रबन्धक न्यौपाने ठुलो रकम हिनामिना गरेर फरार

नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रबन्धक न्यौपाने ठुलो रकम हिनामिना गरेर फरार

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, साउन २२ । नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रबन्धक धवेन्द्र न्यौपाने पचास लाख रुपियाँ अपचलन गरेर एक सातादेखि सम्पर्कविहीन रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी सूर्य सुवेदीले बैंक प्रबन्धक न्यौपाने मोटो रकम लिई सम्पर्कविहीन भएको उजुरी साउन १४ गते परेको बताउनुभयो । सो बैंकको नेपालगन्जस्थित सिटी अफिसका अधिकृत रुपेशकुमार श्रीवास्तवले प्रबन्धक न्यौपानेको खोजीका लागि प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
विभिन्न ग्राहकले जम्मा गरेको ५० लाख रुपैयाँ कनेक्ट आइपीएसबाट अपचलन गरेर न्यौपाने सम्पर्कविहिन भएको उजुरी परेकाले उनको खोजी भइरहेको जानकारी डीएसपी सुवेदीले दिनुभयो ।
प्रहरीका अनुसार न्यौपानेले प्रयोग गर्दे आएको मोबाइल स्विच अफ छ । कालीकोट तिलगुफा नगरपालिका ५ का ३२ वर्षिय न्यौपाने हाल बाँके जानकी गाउँपालिका ३, कोरिएनपुर बस्दै आएका छन् । बैंक प्रबन्धक न्यौपाने सम्पर्कविहीन भएपछि श्रीमतीले पनि खोजतलाशका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएकी छिन् ।
बैंकको रकम हिनामिना भएको जानकारी पाएपछि ग्राहकहरु आफूले जम्मा गरेको रकम खोजीका लागि बैंकमा धाउन थालेको बैंकले जनाएको छ। बैंकको रकम हिनामिना बारे जानकारी लिन खोज्दा नेपालगन्ज सिटी अफिसका प्रबन्धक श्रीवास्तवले न्यौपाने सम्पर्कविहीन भएको बताए पनि थप जानकारी दिन चाहनु भएन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *