६ बैशाख २०८१, बिहीबार

पाँच आकाशे पुल निर्माण र सडक कालोपत्रे योजनाको मन्त्री राईद्धारा शिलान्यास

पाँच आकाशे पुल निर्माण र सडक कालोपत्रे योजनाको मन्त्री राईद्धारा शिलान्यास

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ ४ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले जमुनाहादेखि कोहलपुरसम्मको फोरलेन सडकमा निर्माण गरिने पाँच वटा आकाशे पुल र अस्फाल्ट सडक ओभरले आयोजनाको शनिवार नेपालगञ्जमा शिलान्यास गर्नु भएको छ ।
दुबै आयोजनाको शिलान्यास मन्त्री राईले नेपालगञ्जको धम्बोझी चोक र राँझा चोकमा छुट्टा छुट्टै कार्यक्रममा गर्नुभएको हो ।
सो अवसरमा बोल्दै उहाँले धर्म र जातिको नाममा जनतालाई विभाजित गरेर राजनिति गर्नेहरुसंग सावधान रहन बाँकेवासीलाई आग्रह गर्नुभयो । आफुले सधैं सबैको विकास र उन्नतीको राजनिति गरेको दावी गर्दै उहाँले सो बारेमा जो कोही संग पनि छलफल र बहस गर्न तयार रहेको बताउनुभयो ।
आफु दुई पटक बाँकेबाट सांसद भएको र तीन पटक मन्त्री भएको अवधीमा गरेका विकासका कामहरु उल्लेख गर्दै उहाँले यदि ती काम राम्रा र जनताका लागि थिए भने आगामी निर्वाचनमा भोट दिन आग्रह गर्नुभयो ।
उहाँले सहरी विकास मन्त्री भएको बेला ५२ वटा सडक निर्माण गराएको, ५२ वटा हाइमास्ट लाइट जडान गराएको, भेरी अस्पताललाई अत्याधुनिक भवन निर्माण शुरु गराएको, विभिन्न धार्मिक तथा सामाजिक स्थलहरुको निर्माण तथा जिर्णोद्धार गरेको लगायतका विकासका कामहरु गरेको बताउनुभयो ।


अझै केही समय बाँकी रहेकोले अझै जिल्लाका लागि धेरै किासका योजना ल्याउने मन्त्री राईले सो अवसरमा बताउनुभयो । क्षेत्र नम्बर २ मात्र नभई समग्र जिल्लाका लागि काम गरिरहेको उहाँको भनाई थियो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालगञ्जमा शिलान्यास भएका योजनाको निर्माण कार्य पुरा हुदैन कि भनेर कुनैपनि प्रकारको द्धिविधा नराख्न आग्रह गर्नुभयो ।
उहाँले हाल शिलान्यास भएका बाहेक थप योजनाका लागि समेत काम अघि बढाइएको जानकारी दिनुभयो ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले नेपालगञ्ज र कोहलपुरमा ५ वटा आकाशे पुल, सडकबत्ती, टाफिक लाईट र अस्फाल्ट सडकको काम एकवर्षभित्रै सम्पन्न हुने जानकारी दिनुभयो ।
नेपालगञ्जको जमुनाहदेखि राँझासम्म अस्फाल्ट ओभरले, सडक बत्ति, ट्राफिक लाईट, नेपालगञ्जमा चारवटा र कोहलपुरमा एउटा गरि ५ वटा आकाशे पुलको काम एकसाथ अघि बढाइएको छ ।
सो अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशोक कोइराला लगायतले जिल्लामा बढी भन्दा बढी विकासका कार्यक्रम तथा योजना ल्याउन आग्रह गर्नुभयो ।
यसैगरी मन्त्री राईले शनिबार नै डुडुवास्थित राप्ती नदीको फराकिलो र लामो पुल तथा हुलाकी सडक स्तरउन्नतीको योजनाको पनि शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
राप्ती नदीमा हाल रहेको पुल निकै साँघुरो र जिर्ण भैसकेकोले ७०० मिटर लामो र ११ मिटर फराकिलो पुल निर्माणको कार्य शुरु गरिएको हुलाकी सडक आयोजनाका बाँके बर्दिया प्रमुख गागल कुमार भण्डारीले बताउनुभयो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *