८ बैशाख २०८१, शनिबार

पाँच लाख भन्दा बढीको भारतबाट ल्याईएको अवैध सामान प्रहरीद्धारा बरामद

पाँच लाख भन्दा बढीको भारतबाट ल्याईएको अवैध सामान प्रहरीद्धारा बरामद

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ११ । तस्कर र अवैध कार्य गर्नेहरु विरुद्ध कडाईका साथ प्रस्तुत भैरहेको बाँके प्रहरीले फेरी ठुलो मात्रामा भारतबाट चोरी पैठारी गरेर लयाईएको सामान बरामद गरेको छ । केही समययता आउर तस्कर र लागु औषध कारोबारी विरुद्ध ठुलो अभियान सञ्चालन गरेको बाँके प्रहरीले दिनदिनै सफलता प्राप्त गर्दै गएको छ ।
तर, प्रहरीले दिनदिनै लाखौ लाखका सामानहरु नियन्त्रणमा लिंदै आएपनि तस्करहरुले पनि तस्करी गर्न छोडेका छैनन् । उनिहरुले पनि प्रहरीलाई ठाडो चुनौती दिंदै निरन्तर अवैध आयातलाई जारी नै राखेका छन् ।

सोही क्रममा प्रहरीले नेपालगञ्ज १० ट्राफिक चोक नजिकबाट भारतबाट ल्याएर राखेको २ लाख ७४ हजार रुपियाँ बराबरको रेडिमेड कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधेसुदन न्यौपानेले बताउनुभयो । उहाँले प्रहरीलाई देखेर सामान ल्याउनेहरु फरार भएको पनि बताउनुभयो ।
यसैगरि नेपालगञ्ज १० ट्राफिक चोक नजिकबाट नै फेरी पनि प्रहरीले दुई लाख ७८ हजार बढीका भारतबाट अवैध रुपमा विभिन्न सामानहरु बरामद गरेको छ । प्ररीले बरामद गरेका सामानहरुमा ३८४ दर्जन रुमाल, ३६० पिस लेडिज लुंगी, २१० पिस लेडिज कुर्ता, १ बोरा अन्डरवेयर, ३ बोरा चिनि र १९ पिस लेडिज सुट रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको पाँच लाख भन्दा बढीका सबै सामानलाई थप कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाईएको पनि बाँकेका प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *