७ बैशाख २०८१, शुक्रबार

पुर्वमन्त्री ईश्तियाक राईले शिलान्यास गरेका दुई योजनाको काम शुरु

पुर्वमन्त्री ईश्तियाक राईले शिलान्यास गरेका दुई योजनाको काम शुरु

अन्य योजनाको पनि केही दिनमै काम शुरु हुने जानकारी
नेपालगञ्जपाटी विशेष समाचार
नेपालगञ्ज, कात्तिक २० । पछिल्लो पटक निकै कम समयका लागि मन्त्री बन्ने अवसर पाएका बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले एकपछि अर्कोगरि युद्धस्तरमा आफ्नो क्षेत्रका लागि दर्जन बढी बिकासका योजनाहरु तयार पार्नुभयो ।
विभिन्न योजनाहरु तयार भै बजेट पारित भैसकेपछि मन्त्री बन्ने अवसर पाएपनि पुर्वमन्त्री राईले रातदिन नभनि निरन्तर खटिएर आफ्नो क्षेत्रका लागि के के र कसरी गर्न सकिन्छ भन्ने गहिरिएर अध्ययन गर्नुभयो ।
भौतिक पुर्वाधार मन्त्रालयद्धारा तयार गरिएका विभिन्न योजनाहरुको सुक्ष्म तरिकाले अध्यन गर्दै बाँके क्षेत्र नम्बर २ का लागि के के गर्न सकिन्छ भन्ने छलफल मन्त्रालयका वरिष्ठ कर्मचारीहरुसंग चलाउनुभयो ।
जसको फलस्वरुप मन्त्रीले चलाउन सक्ने र स्थानान्तरण गर्न सक्ने विभिन्न बजेट बारे पत्ता लगाएर सो बजेटबाटै आफ्नो जिल्लाका लागि विभिन्न साना ठुला पुल, सडकहरु, रक्तसंचार भवन निर्माण, आकाशे पुल, स्ट्रीट लाइट र ट्राफिक लाइट जडान गर्ने जस्ता योजना तयार गरियो ।
अर्थ मन्त्रालयबाट बजेट स्विकृत गराएर धमाधम टेण्डर गरियो र शिलान्यास पनि गरियो ।
पुर्वमन्त्री राईले धमाधम एकपछि अर्को गरेर क्षेत्रका लागि योजना तयार पारेर शिलान्यास गर्न थालेपछि विपक्षिहरुमा खैलाबैला मच्चियो । यी योजनाले जनसमर्थन राईतर्फ जाने डरले विपक्षिहरुले शुरु गरे विभिन्न अनर्गल प्रचार ।


कसैले शिलान्यास मन्त्री भन्न थाले भने कसैले बजेट नै नभई योजना शिलान्यास गरिएको आरोप लगाए । तर, उनिहरुले के कुरा बुझ्न सकेनन् भने विना बजेट र विना योजना वा विना डिपीआर टेण्डर कसरी हुन्छ ? कसरी ठेक्का दिइन्छ भन्ने कुरा विपक्षीले थाहा नै नपाएजस्तो गरे ।
पुर्वमन्त्री राईले शिलान्यास गरेका योजनाहरु मध्ये दुई वटा योजनाको निर्माण कार्य शुरु गरिएको छ भने केही योजना ठेक्का सम्झौता प्रक्रियामा रहेको र केहीको काम शुरु हुने तयारी भैरहेको सम्बन्धित सरकारी कार्यालयले जनाएका छन् ।
शिलान्यास गरिएका मध्ये पुष्पलाल चौकदेखि सिधनियासम्मको हुलाकी सडक विस्तार योजना र जमुनाहादेखि राँझासम्मको अस्फाल्ट ओभरले योजनाको काम शुरु भैसकेको छ ।
हुलाकी सडक परियोजना बाँकेका प्रमुख सुमन योगेशले दिनुभएको जानकारी अनुसार पुष्पलाल चौकदेखि सिधनियासम्मको हुलाकी सडक विस्तार योजनाको काम शुरु भैसकेको छ ।
ज्ञानेश निर्माण सेवाले ठेक्का पाएको सो योजनाको निर्माण कार्य शुरु गरिसकिएको जनाउँदै उहाले डुडुवा पुलको निर्माण केही दिनमै शुरु हुने र राप्ती पुल तथा अन्य विभिन्न पुलको ठेक्का सम्झौताको क्रममा रहेको बताउनुभयो ।
उहाँले टेण्डर भएका सबै योजनाको काम शुरु हुने कुरामा कुनै पनि आशंका नरहेको बताउनुभयो ।
सोही प्रकारले जमुनाहादेखि राँझासम्मको अस्फाल्ट ओभरले योजनाको काम पनि आइतवारबाट शुरु भएको सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ ।
सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख निरज शाक्यले दिनुभएको जानकारी अनुसार जमुनाहादेखि राँझासम्मको अस्फाल्ट ओभरलेको ठेक्का रौताहा खड्का जेभीले पाएको र काम पनि शुरु गरिसकेको छ ।
आकाशे पुल निर्माण र ट्राफिक लाइट जडान गर्ने योजना ठेक्का सम्झौताको प्रक्रियामा रहेकोले ती योजनाको काम पनि छिटै शुरु गरिने उहाँले बताउनुभयो ।
शिलान्यास गरेका योजनाहरुको काम शुरु भएपछि विरोध गर्नेहरुको बारेमा जनताले आफै सबै कुरा बुझ्ने पुर्वमन्त्री राईले बताउनुभयो । उहाँले आफुले यसअघि सहरी विकास मन्त्री होस वा संसदीय कोषको काम होस शिलान्यास गरेका सबै योजनाको काम पुरा भएको बताउनुभयो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
1
+1
4
+1
0
+1
3
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *