७ बैशाख २०८१, शुक्रबार

पुर्वमन्त्री राईद्धारा चाय सुत्ता बार युनिक प्वाइन्टको उदघाटन

पुर्वमन्त्री राईद्धारा चाय सुत्ता बार युनिक प्वाइन्टको उदघाटन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ३ । नेपालगन्जमा चाय सुत्ता बार युनिक प्वाइन्ट सन्चालनमा आएको छ । लुम्बिनी प्रदेशको पुरानो शहर नेपालगन्जको त्रिभुवन चोकस्थित नारायण माबि नजिक सञ्चालनमा आएको चाय सुत्ता बार युनिक प्वाइन्टको एक कार्यक्रमका बीच पुर्व मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले बुधवार साँझ उदघाटन गर्नुभयो ।
उदघाटन कार्यक्रममा जनता समाजवादी पार्टीका नेपालगन्ज उपमहानगरपालिका ८ नम्बर वार्ड इकाईका अध्यक्ष सफीक सिद्दिकि गुड्डु, वडा नम्बर ८ का पुर्व वडा अध्यक्ष निजामुद्दीन सिद्दिकी मुन्ना, हमीद शेष , हनीफ शेष तथा जसपाका नेताहरु श्रवण यादव, रमारानी गुप्ता, माजिद शेष लगायत लगायत ५० भन्दा बढीको उपस्थिति रहेको थियो ।
संचालनमा आएको युनिक प्वाइन्टमा हुक्का बार, चिया, कफि, स्वादिष्ट दहि लगायत पाइने प्वाइन्टका प्रोप्राइटर वसिम शेषले बताउनुभयो । उहाँले युवाको माग बमोजिम यो प्वाइन्ट सञ्चालनमा ल्याईएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *