८ बैशाख २०८१, शनिबार

प्लान नेपाल र बाँके युनेस्कोले बर्दियाका महिलालाई आत्मनिर्भर बनायो

प्लान नेपाल र बाँके युनेस्कोले बर्दियाका महिलालाई आत्मनिर्भर बनायो

समाचारदाता
नेपालगञ्ज, जेठ ३ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सिलाई तालिमसंगै सामाग्री समेत लिएर व्यवसाय शुरु गरेका बर्दियाका युवा महिलाहरु आर्थिक रुपमा सक्षम बन्दै गएका छन् ।
केही समयअघिसम्म बेरोजगार भै खाना लाउन समेत समस्या भैरहेको बताउने ती युवा महिलाले अहिले न्युनतम १२ हजार देखि १५ हजार मासिक आम्दानी गरेर घर खर्च चलाईरहेको जनाएका छन् ।
सिलाई तालिम पाएपछि पसल सञ्चालनका लागि सामाग्री समेत पाएका बर्दियाको ठाकुरबाबा नगरपालिका–२ भुरीगाउँका ६ जना युवा महिलाले सामुहिक रुपमा सञ्चालनमा ल्याएको न्यु सामुहिक टेलर स्थानीय वासिन्दाविच लोकप्रिय बन्दै गएको छ ।
प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको सहकार्यमा बर्दियामा सञ्चालित पर्ल परियोजना अन्तर्गत बर्दिया जिल्लाका १८ देखि २४ वर्ष उमेर समूहका अति जोखिममा परेका युवा किशोरी तथा महिलाले सिलाई तालिम लिएपछि रोजगारीका लागि सामाग्री पाएर सामुहिक पसल शुरु गरेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले तालिमपछि पाएको सहयोगबाट शुरु गरिएको पसलमा राम्रो आम्दानी हुन थालेपछि ती महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएको बताउनुभयो ।


ठाकुरबाबा नगरपालिका–२ भुरीगाउँका युवा महिला जिरकला सिजापति, विनिता थारु, सिर्जना थारु, निरु थारु, फुलमाया थारु र शर्मिला थारुले सामुहिक रुपमा न्यु सामुहिक टेलर सञ्चालन गर्नु भएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँँले युवा महिला समुहले स्थानीयको लुगा सिलाई गरेर समयमै डेलिभर गरि पसललाई लोकप्रिय बनाउँदै गएको पाईएको पनि बताउनुभयो ।
उनिहरुले आफ्नो आम्दानीको लेखाजोखा राख्ने गरेको जनाउँदै शुरुमै मासिक १२ हजार देखि १५ हजारसम्म कमाईरहेको क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले बताउनुभयो ।
उहाँका अनुसार ती महिलालहरुले सिलाई तालिम पूरा गरेपछि स्टार्टअप सपोर्ट प्रत्येकलाई ६६ हजार ३ सय ३५ रुपैयाँ प्रदान गरिएको थियो । ती महिलाले गाउँघरमा सिलाई गर्नुकासाथै अन्यलाई प्रशिक्षण समेत दिईरहेको पाईएको सिद्दिकीले बताउनुभयो ।
न्यु सामुहिक टेलर सञ्चालन गर्नु भएकी समुहकी सदस्य शर्मिला थारुले भन्नुभयो–‘तालिम पाएर पसल खोलेपछि यसबाट हामीले आत्मनिर्भर महसुस गर्दै आधारभूत आवश्यकताहरू पूरा गर्न सक्षम भएका छौं र समाजले हामीलाई सम्मानको नजरले हर्न थालेको छ ।
सो समुहले निकट भविष्यमा एउटा राम्रो गारमेन्ट उद्योगनै खोल्ने योजना बनाएको समुहका सदस्यहरुले बताएका छन् । सोे महिला समुह हाम्रो मध्यवर्ती सहकारीमा पनि आबद्ध रहेको छ आफ्नो दैनिक आम्दानीबाट बचत समेत गरिरहेको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *