१६ चैत्र २०८०, शुक्रबार

बर्दियामा लैंगिक सचेतिकरण कार्यक्रम सम्पन्न

बर्दियामा लैंगिक सचेतिकरण कार्यक्रम सम्पन्न

समाचारदाता
नेपालगञ्ज, मंसिर २९ । बाँके युनेस्को क्लबले बर्दियामा रोजगारदाता तथा कामदारहरुविच मर्यादित कार्यको लागि लैंगिक सचेतिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबले संचालन गरेको पर्ल परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।
रोजगारदाता तथा महिला र पुरुष कामदारवीच मर्यादित कार्य र लैगिंक समानताको साथै सुरक्षित वातावरण निर्माणका लागि सो सचेतिकरण कार्यक्रम सम्पन्न गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले लैंगिक समानता नहुँदा विशेषगरि महिलालाई विभिन्न समस्या आउने गरेकोले त्यस्ता समस्या नआउन भन्ने उदेश्य सो कार्यक्रमको रहेको बताउनुभयो ।

बर्दिया जिल्लाका विभिन्न पालिकामा यस्ता सचेतिकरण कार्यक्रमहरु भैरहेको क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो ।
रोजगगारस्थलमा कार्यरत महिला पुरुष कामदारहरु बिच समान व्यवहार र सम्मानजनक वातावरण निर्माणका लागि आयोजना गरिएको सो अन्तरक्रिया कार्यक्रम उद्योग व्यापार संघ बर्दियाका वरिष्ठ उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
गुलरिया ६ का वडा अध्यक्ष सुधान्सु प्रसाद शर्माले रोजगारदाता र कामदार दुबैमा लैगिंक सेचतना हुनु आवश्यक रहेको बताउनुभयो ।
विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, यातायात र होटल लगायत अन्य निकायमा काम गर्ने ३० जनाको सहभागता रहेको सो कार्यक्रमको सहजिकरण कृष्णप्रसाद पाण्डेले गर्नु भएको थियो ।
यो कार्यक्रमले विभिन्न ठाउँमा काम गर्ने महिला र पुरुष बीचको विभेदमा कमी ल्याउने, कामदारहरू वीच समानव्यवहार, समान ज्याला, समान अधिकार, सुरक्षा र समान सेवा सुविधा उपलब्ध गराउन सहयोग गर्ने बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *