४ बैशाख २०८१, मंगलवार

बर्दिया जब्दीघाट पुल निर्माणको माग गर्दै संघीय सांसद गौतम आमरण अनसनमा

बर्दिया जब्दीघाट पुल निर्माणको माग गर्दै संघीय सांसद गौतम आमरण अनसनमा

मुकुन्द सुवेदी
नेपालगञ्ज, बैशाख ३१ । बर्दियाको बबई नदी स्थित जब्दीपुल निर्माणको माग राख्दै सङ्घीय सांसद सञ्जयकुमार गौतमले आमरण अनशन ( सत्याग्रह ) सुरु गर्नुभएको छ । पूर्व सिँचाइ मन्त्री समेत रहनु भएका गौतमले शनिवार साँझबाट अनसन सुरु गर्नुभएको हो ।
जब्दीपुल निर्माण, राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनालाई बजेटको सुनिश्चितता, सदरमुकाम गुलरिया जोगाउन तटबन्ध निर्माणको बाँकी काम नियमित गर्नुपर्ने लगायतका १५ बूँदे माग राख्दै आमरण अनसनमा बस्नु भएको हो ।

जब्दी पुलमा आमरण बस्नु अघि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनु भएको थियो । २०६५ सालदेखि निर्माण सुरु भएको पुल करिब दश वर्षपछि सम्पन्न भएको थियो । चार सय २५ मिटर लामो उक्त पुल १६ करोड ६८ लाख रुपैयाँ लागतमा ०७४ सालमा सम्पन्न भएको थियो । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीको जब्दीघाटको पुल हस्तान्तरण नहुँदै क्षति भएको छ । पुल हाल काम नलाग्ने अवस्थामा पुगेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुल निर्माणमा भ्रष्टाचार भएको भन्दै पाँच वर्षअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ठेकेदार कम्पनीसहित १३ जना कर्मचारीमाथि दोषी ठहर गरेको थियो । ( गोरखापत्र अनलाइनबाट )

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *