१६ चैत्र २०८०, शुक्रबार

बाँकेको नरैनापुर गाउँपालिका सुख्खा क्षेत्र घोषणा, केन्द्र र प्रदेश सरकारसंग राहात प्याकेज माग

बाँकेको नरैनापुर गाउँपालिका सुख्खा क्षेत्र घोषणा, केन्द्र र प्रदेश सरकारसंग राहात प्याकेज माग

सिराज खान
नेपालगञ्ज, साउन २७ गते । लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा धान रोपाई लगायत पानीको अभावमा अन्य खेतीबारी समेत हुन नसकेपछि बाँकेको नरैनापुर गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गरिएको छ ।
पानीको अभावमा खडेरी परेको ठहर गर्दै गाँउपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको हो ।
सिंचाइको व्यवस्था नभएकोले अधिकांश किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य रहेको बताउदै गाँउपालिका अध्यक्ष ईश्तियाक अहमद शाहले यस पटक लामो समयदेखि वर्षा नहुँदा धान रोपाई नभएकोले सुख्खा क्षेत्र घोषणा गरिएको बताउनुभयो ।
उहाँले केही किसानले बैकल्पिक उपाय गरेर लगाएको धानवाली समेत नष्ट भईसकेको हुँदा किसान अतिनै समस्यामा परेको बताउनुभयो ।
चर्को गर्मीसंगै उक्त क्षेत्रमा पानी नपरेपछि अधिकांश कृषि योग्य जमिन बाँझो रहेको र पानीको स्रोतहरु सुक्न थालेपछि नरैनापुरमा पानीको अभाव हँुदा सो पालिकालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको नरेनापुरका प्रमुख प्रशासकिय अधिकृत भरत बस्नेतले बताउनुभयो ।
उहाँले सयौं किसानले पालिकामा आएर आफ्नो गुनासो सुनाउँदै यस पटक रोपाई हुनै नसकेको हुँदा के खाने भन्ने चिन्ताले सताएको जनाएपछि सुख्खा क्षेत्र घोषणा गर्ने निर्णयमा पुगेको बताउनुभयो ।


नरैनापुर गाँउपालिकाका अध्यक्ष शाहको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको आकस्मिक वैठकले सो निर्णय गरेको हो ।
सो क्षेत्रमा सिचाईको लागि व्यापक डिप बोरींग लयायत अन्य वैकल्पिक व्यवस्था गर्न, सिचाईको लागि किसानहरुलाई सहुलियत स्वरुप डिजलको व्यवस्था गर्न, किसानहरुको सुविधाको लागि कृषि विद्युतीकरणको व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निःशुल्क गर्न अधिकांश किसानले माग गरेका छन् ।
सुख्खा क्षेत्र घोषणा भईसकेकोले किसानहरुका लागि बिशेष राहतको प्याकेज ल्याउन प्रदेश र संघीय सरकारसँग गाँउपालिकाले माग गरेको छ । खडेरीले गर्दा कृषिमा आश्रित वहुसंख्यक जनताको जीवन कष्टकर बन्दै गएको अबस्थाप्रति प्रदेश र सघीय सरकारको तत्काल ध्यान पुग्न आवश्यक रहेको अध्यक्ष शाहले बताउनुभयो ।
उता, कृषि ज्ञान केन्द्र नेपालगञ्जले नरैनापुरमा ३५ प्रतिशत जति रोपाई भएको तथ्यांक आएको जनाउँदै लामो समयदेखि पानी नपर्दा सो मध्ये पनि अधिकांश सुकेर नष्ट भएको हुनसक्ने जनाएको छ ।
गाउँ कार्यपालिकाको सोही बैठकले सुख्खा क्षेत्र घोषणा गरिएकोमा ८० प्रतिशत करमा छुट दिने निर्णय पनि गरेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताउनुभयो ।
जिल्लाकै सबैभन्दा दुर्गम र पिछिडिएको मानिने नरैनापुरका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । सिक्टा सिंचाई आयोजनाको निर्माण कार्य जारी रहेको र केही वर्षभित्रै पालिकामा सिक्टाको पानी पुग्ने आशा गरिएको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *