१२ बैशाख २०८१, बुधबार

बाँके युनेस्कोद्धारा आयआर्जनकालागि अति विपन्नलाई किराना र नास्ता पसल सहयोग

बाँके युनेस्कोद्धारा आयआर्जनकालागि अति विपन्नलाई किराना र नास्ता पसल सहयोग

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, ८ साउन । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा नेपालगञ्जका चार जना अति विपन्न परिवारलाई आयआर्जनका लागि किराना र नास्ता पसल सञ्चालनमा सहयोग गरेको छ ।
सोही क्रममा क्लबले सञ्चालन गरेको आयआर्जनका लागि व्यावसायीक परियोजना अन्तर्गत नेपालगञ्ज ११ का अति विपन्न एकल महिला शाहजहाँ मिस्त्रीलाई सहयोग गरिएको किराना पसलको आइतवार उदघाटन गरिएको छ ।
सो पसलको उदघाटन नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात, नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकार र बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले संयुक्त रुपमा गर्नुभयो ।

सो अवसरमा नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य किरातले कतार च्यारेटीको सहयोगमा क्लबले अतिविपन्नलाई गरेको यो सहयोगले विपन्न परिवारको जिवनयापनमा ठुलो सहयोग पुग्ने बताउनुभयो । उहाँले किराना व्यवसायलाई राम्रोसंग गर्न सुझाव दिंदै यसबाट जिवन परिवर्तन हुने बताउनुभयो ।
सो अवसरमा बाँके युनेस्को क्लबका कोषाध्यक्ष फिरदौस जहाँ खान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, वित्तिय प्रमुख वेद पंगाली र कार्यक्रम अधिकृत गुलाम गौस लगायतको उपस्थिति रहेको थियो ।
सो पसल सञ्चालनका लागि क्लबले २ लाख २४ हजार रुपियाँको सहयोग गरेको छ । क्लबले कतार च्यारेटीको सहयोगमा नेपालगञ्जका तीन जना विपन्नलाई किराना पसल र एक जनालाई नास्ता पसलको लागि आर्थिक सहयोग गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले यस्ता कार्यक्रमले धेरैको आर्थिक अवस्थामा ठुलो परिवर्तन आएको बताउनुभयो ।
बाँके युनेस्को क्लब मार्फत कतार च्यारेटीले बाँकेका विभिन्न पालिकामा विपन्न र असहायका लागि विभिन्न प्रकारका कार्यक्रमहरु गर्दै आएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *