१३ बैशाख २०८१, बिहीबार

बाँके युनेस्कोद्धारा गुलरियामा लैंगिक समानता सम्बन्धि कार्यशाला सञ्चालन

बाँके युनेस्कोद्धारा गुलरियामा लैंगिक समानता सम्बन्धि कार्यशाला सञ्चालन

समाचारदाता
नेपालगञ्ज, फागुन १ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा ‘रोजगारी अवसरका लागि अभिभावकहरुलाई लैंगिक समानता’ विषयक कार्यशाला आयोजना गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत गुलरिया नगरपालिकामा सो कार्यशालाको आयोजना गरिएको हो ।
क्लबले सोही प्रकारका दुईवटा कार्यशाला ठाकुरबाबा नगरपालिकामा दुई दिन अघि आयोजना गरेको थियो ।
सो कार्यशालामा युवा महिलाहरुलाई स्वरोजगार बनाउन रोजगारीको अवसर प्रदान गर्ने विषयमा विस्तृत छलफल गरिएको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
उहाँले रोजगारीमा लाग्न घर र समुदायमा सकारात्मक वातावरण सिर्जना गर्ने लक्ष्यका साथ घरपरिवारका प्रमुख वा अभिभावकहरूका लागि कार्यशाला आयोजना गरिएको बताउनुभयो ।

कार्यशालामा प्रमुख अतिथि गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतमले युवा युवतीहरुलाई व्यवसायको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको जनाउँदै सो का लागि नियमित कार्य पनि गरिरहेको बताउनुभयो ।
नगरपालिकाले यस्ता परियोजनालाई पुर्ण सहयोग र समर्थन गर्ने तथा सोही प्रकारका आयआर्जन र आर्थिक अवस्थामा सुधार ल्याउने थप योजना र कार्यक्रम पनि सञ्चालन गर्ने उपमेयर गौतमले बताउनुभयो ।
कार्यशालामा २५ जना अभिभावकको सहभागिता रहेको थियो भने उन्नत तालिम केन्द्र गुलरियाका कृष्णप्रसाद पाण्डेले सहजीकरण गर्नु भएको थियो । परियोजना संयोजक लामिछानेले कार्यशालाको बारेमा स्पष्ट पार्दै सहभागिका जिज्ञासाको जवाफ पनि दिनु भएको थियो ।
कार्यशालाको सञ्चालन परियोजनाका सुपरभाइजर कञ्चन दहितले गर्नु भएको थियो । क्लबले सो प्रकारका कार्यशाला बर्दियाका विभिन्न पालिकामा गरिरहेको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *