७ बैशाख २०८१, शुक्रबार

बाँके युनेस्कोद्धारा बर्दियाका श्रमिक पुरुष र महिलालाई लैङ्गिक सचेतिकरण

बाँके युनेस्कोद्धारा बर्दियाका श्रमिक पुरुष र महिलालाई लैङ्गिक सचेतिकरण

समाचारदाता
नेपालगञ्ज, फागुन ६ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा श्रमिक पुरुष तथा महिलालाई मर्यादित कार्यका लागि लैङ्गिक सचेतिकरण सम्बन्धी एक दिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको युवा महिलाहरुको आर्थिक सशक्तीकरण तथा रोजगार प्रर्वद्धन परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।
श्रमिकका रुपमा कार्यरत कामदारहरुविच मर्यादित कार्यका लागि लैङ्गिक सचेतिकरणका लागि आयोजना गरिएको सो क्षमता अभिबृद्धि कार्यक्रममा सहकारी, निजी क्षेत्रका फर्म कम्पनी, निजि र सरकारी विद्यालय, साना किसान, इँटा उद्योग, संस्थागत मजदुर जस्ता विभिन्न संस्थाका श्रमिक पुरुष तथा महिलाको सहभागिता रहेको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
श्रमिक महिला तथा पुरुषलाई लैङ्गिक समानता र श्रम न्यून खरिदकर्ता सम्बन्धी अभिमुखीकरण दिएर उनिहरुलाई सचेत पार्ने तथा सक्षम बनाउने कार्यक्रमको मुख्य उदेश्य रहेको उहाँको भनाई छ ।

कार्यक्रममा श्रमिकहरु कार्यरत संगठनमा लैङ्गिक मैत्री वातावरण र समान व्यवहारलाई कायम गराउने विषयमा व्यापक छलफल गरिएको थियो ।
श्रमिकहरुले काम गर्ने ठाउँमा थप सन्तुष्ट र सुरक्षा, सभ्य काममा कर्मचारीहरू बीच साझा समझ लगायतका विषयमा पनि छलफल तथा विचार आदान प्रदान गरिएको क्लबले जनाएको छ ।
छलफलमा सहभागीहरुले सरकारी स्तरमा नेपाल सरकारले तोकेकै पारिश्रमिक तथा तलब सुबिधा पाएपनि नीजि तथा ब्यबसायिक क्षेत्रमा भने न्युनतम पारिश्रमिक निर्धारण हुन नसकेको गुनासो गरेका थिए ।
नीजि क्षेत्रमा कुनै किसिमको नियुक्ती तथा सम्झौता पनि नदिने गरेको सहभागिहरुको भनाई रहेको थियो । यस क्षेत्रको प्रकृति अनुसार रोजगार पनि पाउन कठिन हुने र पाईएपनि ब्यबसायी वा मालिकले आफ्नो इच्छा अनुसार पारिश्रमिक दिने, ईच्छा अनुसार राख्ने निकाल्ने उहाँहरुकै हातमा रहेको समेत सहभागिहरुको भोगाई थियो ।
सो क्षमता अभिबृद्धि सम्बन्धि अभिमुखिकरणको सहजीकरण सामाजिक अभियन्ता कृष्णप्रसाद पाण्डेले गर्नु भएको थियो भने परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले परियोजनाको लक्ष्य उद्देश्य र हालसम्मको प्रगति बारे विस्तृत रुपमा जानकारी गराउनुभएको थियो । प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबले बर्दियाका विभिन्न पालिकाहरुमा पर्ल परियोजना सञ्चालन गरिरहेको सुपरभाइजर कञ्चन दहितले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *