१३ बैशाख २०८१, बिहीबार

बागेश्वरी मन्दिर परिसरका विपन्नलाई कम्बल र शिरक वितरण

बागेश्वरी मन्दिर परिसरका विपन्नलाई कम्बल र शिरक वितरण

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ५ । चिसोले विपन्न र गरिब असहाय बृद्धबृद्धा समस्यामा परेपछि उनिहरुलाई लक्षित गरेर नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा कम्बल र शिरक वितरण गरिएको छ ।
प्रेस स्वतन्त्रता सेनानी राम गोपाल बैश्य स्मृति प्रतिष्ठान र कसौधन वैश्य समाजको संयुक्त आयोजनामा स्थानीय बागेश्वरी मन्दिर परिसर र सो वरिपरि मागेर गुजारा गर्दै आएका विपन्न बृद्धबृद्धालाई कम्बल र शिरक वितरण गरिएको छ ।
प्रेस स्वतन्त्रता सेनानी राम गोपाल बैश्य स्मृति प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यका अनुसार आइतवारदेखि एक्कासी अत्याधिक चिसो बढेपछि बागेश्वरी मन्दिर वरिपरि मागेर जिविका चलाउने बृद्धबृद्धालाई कम्बल र शिरक वितरण गरिएको बताउनुभयो । बागेश्वरी मन्दिर परिसरमा रहेका अति विपन्न बृद्धबृद्धालाई प्रतिष्ठानका अध्यक्ष वैश्य, वरिष्ठ पत्रकार अक्षरी पोखरेल लगायतले कम्बल तथा शिरक वितरण गर्नुभयो ।
चिसो क्रमशः बढ्दै जाने भएकाले नगरमा रहेका अन्य विपन्न बृद्धबृद्धाको खोजी गरेर उनिहरुलाई पनि शिरक र कम्बल वितरण गरिने कसौधन वैश्य समाजले जनाएको छ ।
शितलहर चलेर शुरु भएको अत्याधिक चिसोबाट विपन्नहरु सबैभन्दा बढी प्रभावित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *