८ बैशाख २०८१, शनिबार

बैंक ब्याजदर परिमार्जनको माग गर्दै कोहलपुरका उद्योगी व्यवसायी सडकमा

बैंक ब्याजदर परिमार्जनको माग गर्दै कोहलपुरका उद्योगी व्यवसायी सडकमा

सिराज खान
नेपालगञ्ज, कात्तिक २३ गते । बैंक वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जाको ब्याजदरले अधिकांश उद्योगी व्यवसायीहरु सडकमा आउने परिस्थिति सिर्जना भएको हुँदा व्याजदर घटाउन माग गर्दै कोहलपुरका उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका छन् ।
कोहलपुर उद्योग बाणिज्य संघको आयोजनामा आ–आफ्ना उद्योग व्यवसाय बन्द गरेर बुधबार कोहलपुरका सबै उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा निर्देशिका २०७९ परिमार्जनको माग गर्दै विरोध प्रदर्शन गरिएको कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले बताउनुभयो ।
उहाँले बैंक तथा वित्तीय संस्थाको व्यवसायीप्रतिको व्यवहार र व्याजदरले उद्योग व्यवसाय धराशायी भएको जनाउँदै आन्दोलनको विकल्प नरहेकाले बाध्य भएर सडकमा आउनु परेको बताउनुभयो ।
संघको सो आन्दोलन र विरोध प्रदर्शनमा विभिन्न व्यवसायी संघसंस्थाले पनि एक्यवद्धता जनाएका छन् ।
सो प्रदर्शन र सभामा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य चक्र अधिकारी, कोहलपुरका मेयर पूर्ण आचार्य, कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष पोडेल, घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिलगायत विभिन्न उद्योगी व्यवसायीले तत्काल सरकारले हस्तक्षेप गरेर व्याजदर र चालु पूँजी कर्जा निर्देशिका २०७९ लाई परिमार्जन गर्नुपर्ने माग गर्नुभयो ।
नेपाल राष्ट्र बैंकको मौद्रिक नीति एवम् चालु पुँजी कर्जा निर्देशिका २०७९ ले व्यवसायीहरुलाई धरासयी बनाउँदै बैंक वित्तीय संस्थाहरुको हितमा मात्र भएकाले अविलम्ब परिमार्जन नभएसम्म आन्दोलनलाई चरणबद्व रुपमा जारी राख्ने संघका अध्यक्ष पौडेलको भनाइ छ ।
यसअघि मंगलबार संघको कार्यालयमा बसेको बैठकले बुधबार कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य चक्र अधिकारीले बैंक वित्तीय संस्थाहरुले मनपरी रुपमा ब्याजदर बृद्वि गर्ने परिस्थिति सरकारले सिर्जना गरेकाले सरकारले नै यसमा तत्काल रोक लगाउनु पर्ने माग गर्नुभयो । ( गोरखापत्र अनलाइनबाट साभार )

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *