८ बैशाख २०८१, शनिबार

भारतबाट तस्करी गरेर ल्याएको दुई लाख बढीको सामान प्रहरीले फेरी समात्यो

भारतबाट तस्करी गरेर ल्याएको दुई लाख बढीको सामान प्रहरीले फेरी समात्यो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २१ । भारतबाट नेपालतर्फ तस्करी गरेर ल्याईएको दुई लाख बढीको विभिन्न सामान प्रहरीले फेरी बरामद गरेको छ । भारतबाट हुँदै आएको चोरी तस्करी निरन्तर जारी रहेको कुरा यो सामान बरामदबाट फेरी पनि पुष्टि भएको छ ।
राजस्व छलेर लाखौं लाखका विभिन्न सामानहरु नेपाल भित्रयाउनेहरु नाकामा सक्रिय रहेका छन् । यो कार्य नरोकिंदा बर्सेनी करोडौंको राजस्व छलि हुने गरेको पाईएको छ । तर, यसको रोकथामका लागि न त सरकारले नै कुनै विशेष योजना र कार्यक्रम बनाएको छ न त स्थानीयस्तरमा प्रहरी प्रशासनले नै कुनै योजना र कार्यक्रम बनाएको पाईएको छ ।

प्रहरीले त सामान मात्रै नियन्त्रणमा लिने तथा तस्करलाई भाग्न सहयोग गर्ने गरेको गुनासो पटक पटक स्थानीयले उठाउँदै आएका छन् । तर, प्रहरीले त्यस्तो हुने नगरेको सफाई दिंदै आएको छ ।
पछिल्लो पटक प्रहरीले नेपालगंज उपमहानगर १० बाट भन्सार छली चोरी पैठारी गरी भारतबाट ल्याएको लत्ता कपडा, चिनी, सुपारी, धाराको सामान गरी कुल जम्मा दुई लाख सत्र हजार रुपैया बराबरको सामान बरामद गरेको छ ।
सो सामानलाई थप आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंजमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *