१६ चैत्र २०८०, शुक्रबार

भारतबाट प्रतिवन्धित कुखुरा र मासु ल्याउने क्रम निरन्तर जारी, रोक्न किसान र व्यवसायीको माग

भारतबाट प्रतिवन्धित कुखुरा र मासु ल्याउने क्रम निरन्तर जारी, रोक्न किसान र व्यवसायीको माग

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २१ । भारतबाट हुने कुखुरा र कुखुराको मासुको अवैध आयात निरन्तर जारीनैछ । कुखुरापालक किसान र व्यवसायीले पटक पटक सो अवैध आयात रोक्न माग गर्दै आएपनि सो नरोकिएको पाईएको छ । किसान र व्यवसायीको दवाव बढेपछि प्रहरीले पक्राउ गरेर देखाउने गरेको छ भने फेरी प्रहरी अर्कै काममा व्यस्त हुने गरेको र तस्करले आफ्नो काम मजाले गर्ने गरेको पाईएको छ ।
कुखुरापालन गर्ने व्यवसायीले भारतबाट आउने न्युन गुणस्तरको हानिकारक र बर्डफ्लुको जोखिम रहेको कुखुरासंग प्रतिष्पर्धा गर्न नसक्दा व्यवसायनै छोडेर बस्नु परेको दुखेसो गरिरहेका छन् । तर, पनि भारतबाट न त कुखुरा र चल्लाको अवैध आयातनै बन्द भएको छ न त बर्डफ्लुको सन्त्रासनै समाप्त भएको छ ।
नेपालमा दाना मंहगो हुँदा भारतबाट आउने कुखुराभन्दा केही मंहगो पर्ने हुँदा अधिकांशले भारतबाट अवैध रुपमा आयात गरिएका कुखुरा र मासु विक्रि गरिरहेकोले समस्या भएको कुखुरापालक व्यवसायीले जनाएका छन् ।
गत केहिदिनदेखि नेपाली कुखुरा पालक व्यवसायी र किसानले होहल्ला गर्न शुरु गरेपछि प्रहरी पनि अलि सक्रिय भएको छ । प्रहरीले प्राय हरेक दिन अवैध रुपमा आयात गरिएको कुखुरा र मासु नियन्त्रणमा लिन थालेको छ । सोही क्रममा प्रहरीले भारतबाट अवैधरुपमा भित्र्याइएको ५० किलो कुखुराको मासु बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिकास्थित बाबुगाउँबाट ५० किलो मासु बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको नेतृत्वमा खटिएको प्रहरीको टोलीले वेवारिसे अवस्थामा रहेको मासु बरामद गरेको जनाइएको छ । बरामद गरिएको मासुलाई पशु क्वारेन्टिनमा बुझाईएको जनाउँदै प्रहरीले कडाई शुरु गरेको जनाएको छ ।
भारतमा बोइलर कुखुरा सस्तोमा पाइने भएपछि तस्करहरुले पारिको मासु नेपालमा ल्याएर विक्री गर्ने गरेका छन् । भारतबाट यसरी भित्र्याइने गुणस्तरहीन मासु र माछा खुला रुपमा जमुनाह मासु मन्डिमा पनि विक्री हुने गरेको छ ।
सोही आशंकामा प्रहरीले शुक्रवार जमुनाह मासु मन्डीमा समेत छापा मारेको तर त्यहाँ त्यस्तो मासु भने बरामद नभएको बताइएको छ । सशस्त्र प्रहरीसँगको सहकार्यमा प्रहरीले छापा मारेको प्रहरीको भनाई छ ।
खुला सीमानाका कारण ड्युटीमा रहेका प्रहरीकै सेटिंगमा भारतबाट दैनिकजसो ठुलो परिमाणमा कुखुरा भित्रयाइने गरिएको नेपाली किसान र व्यवसायीको आरोप छ । उनिहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसंग सो रोक्न माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *