११ बैशाख २०८१, मंगलवार

भारतबाट हुने अवैध आयात निरन्तर जारी, फेरी १३ लाखको सामान बरामद

भारतबाट हुने अवैध आयात निरन्तर जारी, फेरी १३ लाखको सामान बरामद

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २७ । भारतबाट हुँदै आएको अवैध आयात र चोरी तस्करी निरन्तर जारी रहेको छ । सोही क्रममा सशस्त्र प्रहरीको टोलीले बाँकेबाट एउटा भ्यानसहित ठुलो परिमाणमा भारतबाट अवैध रपमा भित्रयाईएको लेडिज ब्रा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक भुपेन्द्र रोकायको कमान्डमा खटिएको टोलीले बाँकेको जानकी गाउँपालिकास्थित खजुरा खुर्दबाट सोमवार बिहान ४ बजे भे १ च २६३९ नम्बरको भ्यानसहित १६६९ दर्जन लेडिज ब्रा बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले बताउनुभयो।
गस्तीमा रहेको नायब निरीक्षक रोकायको टोलीले बर्दियाबाट आइरहेको उक्त भ्यान खजुरा खुर्दमा रोकिराखेको अवस्थामा चेकजाँचका क्रम ती अवैध सामाग्री फेला परेको एसपी बमले बताउनुभयो ।
एसपी बमका अनुसार बरामद गरिएको ब्रा को मूल्य ८ लाख १ हजार १२० रुपैयाँ र तस्करी गर्न प्रयोग गरिएको भ्यानको मूल्य ५ लाख रुपैयाँ गरि १३ लाख १ हजार १२० रुपैयाँ रहेको छ। बरामद गरिएका सबै अवैध ब्रा र भ्यानलाई आजै नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी एसपी बमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *