१५ चैत्र २०८०, बिहीबार

भारतीय पर्यटक आकर्षित गर्न नेपालगञ्जमा पहिलो पटक ‘वेष्टर्न ट्राभल मार्ट’आयोजना गरिंदै

भारतीय पर्यटक आकर्षित गर्न नेपालगञ्जमा पहिलो पटक ‘वेष्टर्न ट्राभल मार्ट’आयोजना गरिंदै

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २५ । पश्चिम नेपालका प्रमुख पर्यटकीय क्षेत्रको प्रचार प्रसारसंगै भारतीय पर्यटकलाई बढभिन्दा बढी आकर्षित गर्ने उदेश्यका साथ नेपालगञ्जमा पहिलो पटक ‘वेष्टर्न ट्राभल मार्ट’ विहिबारदेखि आयोजना गरिंदैछ ।
सो मार्टमा भारतका विभिन्न ठुला सहरबाट ५० भन्दा बढी पर्यटक व्यवसायी र नेपालका सातवटै प्रदेशबाट सोही संख्याका व्यवसायीको सहभागिता रहने नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो ।
फागुन २६ देखी २८ गतेसम्म नेपालगञ्जमा आयोजना गरिने सो ट्राभल मार्टको तयारी पुरा भएको र भारतीय पर्यटन व्यवसायीहरु यहाँ पुगिसकेको अध्यक्ष सिग्देलले बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड र नेपालगञ्ज उपमहानगरपालिकाको मुल आयोजना, नाट्टा बाँकेको आयोजना तथा पर्यटन प्रर्वद्धन मञ्च बाँके, हान बाँके, होटल ब्यवसायी संघ बाँके लगायत यस क्षेत्रका पर्यटन सम्वद्ध ब्यवसायीको सह‐आयोजनामा सो मार्ट आयोजना गरिनेछ ।
मार्टमा पर्यटकीय गतिविधी सम्बन्धी स्टल राख्नुका साथै पर्यटन क्षेत्रसँग सम्बन्धित अतिथीलाई यस क्षेत्रको पर्यटकीय स्थलको अवलोकन गराइने अध्यक्ष सिग्देलले बताए । यसका लागि भारतबाट ५० जना पर्यटन ब्यवसायी नेपालगञ्ज पुगिसकेका छन् । उक्त मार्टमा नेपाल र भारतका गरी कुल १५० बढी पर्यटन ब्यवसायी सहभागी हुने आयोजकले जनाएको छ ।
उनीहरुलाई बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, रारा, शेफोक्सुण्डो लगायत पश्चिम नेपालका पर्यटकीय स्थल र क्यासिनोको भ्रमण गराइने कार्यक्रम रहेको छ ।
वेष्टर्न ट्राभल मार्टमा आउने अतिथीका लागि विमान कम्पनी, होटल ब्यवसायी, ट्राभल ब्यवसायी लगायतले विशेष प्याकेज ल्याएको अध्यक्ष सिग्देलले बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका पर्यटन बजार ब्यवस्थापन तथा प्रवन्ध महाशाखाका प्रवन्धक गोविन्द ओलीले वेष्टर्न ट्राभल मार्टले पश्चिम क्षेत्रको पर्यटकीय स्थलको प्रचार–प्रसारमा टेवा पुरयाउने विश्वास व्यक्त गर्नुभयो ।
यो मार्टले भारतीय पर्यटकलाई पश्चिम नेपालका पर्यटकीय सम्पदासँग जोड्न मद्दत गर्ने विश्वास अधिकांश पर्यटन व्यवसायीको छ । सो मार्टलाई यसअघि गत मंसिर २८ देखी पुस १ गते सम्म गर्ने निर्णय गरिएपनि कोभिड १९ महामारीका कारण स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *