१५ चैत्र २०८०, बिहीबार

मन्त्री अथकद्धारा सुख्खाग्रस्त घोषित नरैनापुरको स्थलगत अनुगमन, राहातका लागि प्रयास गर्ने प्रतिवद्धता

मन्त्री अथकद्धारा सुख्खाग्रस्त घोषित नरैनापुरको स्थलगत अनुगमन, राहातका लागि प्रयास गर्ने प्रतिवद्धता

सिराज खान
नेपालगञ्ज, भदौ १३ । यूवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सुख्खा ग्रस्त क्षेत्र नरैनापुरको स्थलगत अनुगमन गरेर त्यहाँको अवस्था बुझ्नुका साथै स्थानीय जनप्रतिनिधीसंग सो बारेमा छलफल गर्नु भएको छ ।
सोमवार स्थलगत अनुगमनका लागि नरैनापुर गाउँपालिकाका विभिन्न वडा र भारतीय सीमानाको वारीसम्म पुग्नु भएका मन्त्री अथकसंग गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले खडेरी परेर उत्पादन शुन्यमा पुग्ने अवस्था आएको जनाउँदे यस क्षेत्रका जनताका लागि राहातको कुनै व्यवस्था गर्न माग गर्नुभयो ।
सुख्खाग्रस्त भएर बाँझो भएका खेतबारीसम्म मन्त्री अथकलाई लगेर देखाउँदै अध्यक्ष शाहले यस क्षेत्रका जनताले सरकारबाट राहात पाएनन् भने के खाने हुन भन्ने चिन्ताले सताउन थालेको बताउनुभयो ।


उहाँले विगत ८० वर्ष भन्दा बढी समयदेखि यो क्षेत्रमा यस्तो सुख्खा नपरेको जनाउँदै खडेरीका कारण अधिकांश वासिन्दा पिडित बनेको बताउनुभयो ।
पहिलेदेखिनै पिछिडिएको र दुर्गम मानिने नरैनापुरमा सुख्खाले दिएको पिडा सहनै नसक्ने खालको रहेको जनाउँदै अध्यक्ष शाहले केन्द्रिय र प्रदेश सरकारले सहयोग नगर्ने हो भने अवस्था भयावह हुनसक्ने दुखेसो मन्त्री समक्ष पोख्नुभयो ।
सुख्खाग्रस्त क्षेत्रको अनुगमन पछि गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अथकले विभिन्न सञ्चार माध्यमबाट सुख्खा क्षेत्रको बारेमा जानकारी पाएर मन्त्रीपरिषदको बैठकमा सो बारेमा कुरा राखिसकेको जनाउँदै आज आएर प्रत्यक्ष हेर्दा अवस्था निकै गम्भीर र दुखद देखेको जनाउँदै राहातका लागि हरसंभव प्रयास गर्ने बताउनुभयो । उहाँले सो का लागि प्रधानमन्त्री देउवा र नेकपा माओवादीका अध्यक्ष प्रचण्डसंग पनि आग्रह गर्ने बताउनुभयो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031


पालिकाका अधिकांश खेतबारी बाँझै देखेर मन दुखेको जनाउँदै मन्त्री अथकले राहातका साथै बैकल्पिक खेतीका लागि पनि प्रयास गर्नु पर्ने सुझाव दिंदै सो सम्बन्धमा आफुबाट हुने सहयोग गर्ने बताउनुभयो । उहाँले डिप बोंिरंगका लागि पनि आफुले तत्काल काठमाण्डौ पुगेर पहल गर्ने बताउनुभयो ।
समयमा वर्षा नभएको र सिँचाईको समेत व्यवस्था नभएकोले खडेरी परेको ठहर गर्दै गाउँपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई गत साउन २६ गते सुख्खा क्षेत्र घोषणा गरेको थियो ।
लामो समयसम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको १५ प्रतिशत मध्ये पनि अधिकांश धानबाली नस्ट हुनुका साथै ८५ प्रतिशत रोपाई हुन नसके छि त्यो क्षेत्रमा ठूलो मानवीय विपद तथा खाद्य संकट आउने आशंका गरिएको छ ।


सो छलफल र भेटघाटमा गाउँपालिकाका अध्यक्ष शाह, वडा अध्यक्षहरु मसुद शाह, मनोज शर्मा लगायत स्थानीय जनताको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।
मन्त्री अथकले सो अवसरमा पार्टीका नेता कार्यकताृहरुसंग पनि छुट्टै भेटघाट गरेर केही न केही राहातको व्यवस्था गर्ने वचन दिंदै निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *